×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरि मिचियो नेपाली भूमि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

फेरि मिचियो नेपाली भूमि

Artha Sarokar

६ आश्विन २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लिपुलेकको घटना सेलाउन नपाउँदै भारतीय पक्षले पुनः नेपाली भूमि मिच्न सुरु गरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित भारत र नेपालको सीमाक्षेत्र दशगजाबाट उत्तर डेढ किलोमिटर नेपाली भूमिमा आएर भारतीय पक्षले दुईदिन पहिले राता रात दुई किलोमिटरभन्दा लामो ट्रेन्च खनेर सीमाका नेपालीलाई त्रसित पार्ने कार्य गरेको छ ।

दुई हप्ता पहिले भारतीय एसएसबी र वन कर्मचारीहरूले नेपालको हिमचुली सामुदायिक वनभित्र जबरजस्ती पसेर सिसमका रुखहरू रोपेका थिए । पछि स्थानीयवासी, सुरक्षाकर्मी र वनउपभोक्ताले रोपिएका सिसमहरू उखेलेर फालेका थिए । त्यसको लगत्तै भारतीय पक्षले वन हात्ती हुलेर नेपालीलाई भयभित बनाएको र फेरि पनि नेपाली भूमिमा सिसमका विरुवा रोपेको हिमचुली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कविराम तामाङले बताए ।

भारतीय वन अधिकारी र एसएसबीको संयुक्त टोलीले अतिक्रमित नेपाली भूमिमा एसएसबीको क्याम्प राख्ने योजना बनाएको स्थानीयको आरोप छ । नेपाली भूमि अतिक्रमणमा परेको भन्दै सो क्षेत्रका राजनीतिक दलका नेता, सुरक्षाकर्मी र नागरिक समाजको पहलमा भारतीय पक्षले निर्माण गरेको ट्रेन्च आइतबार पुरिएको छ । यस्तै नेपाली भूमिमा गाड्न लागिएको पिलरसमेत भत्काइएको छ ।

त्यसक्रममा नेकपा एमाले कञ्चनपुरका उपाध्यक्ष जीवनराज थापा, नेपाली कांगेसका पूर्वउपसचिव ठाकुर बराल, एमोवादीका जिल्ला सदस्य कञ्चन गिरी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष लोकेन्द लम्साल लगायतले भारतीय हस्तक्षेपको विरोध जनाएका थिए । दश गजाक्षेत्रको १९७ देखि लिएर २०० पिल्लर नम्बरसम्मको क्षेत्रमा भारतीय पक्षले अतिक्रमण गरेको स्थानीय शिक्षक दानबहादुर विकले बताए । – दृष्टिबाट

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी