
सोमबार खुलामञ्चमा भएको कार्यक्रमको आयोजक सरकार नै थियो । तीन दलको कार्यक्रम भनिए पनि संविधान जारी भएको खुशियालीमा आयोजित कार्यक्रम सरकारकै हुने नै भयो । सरकारी तयारीमा तीन दलका नेताहरु सम्मिलित कार्यक्रम निकै राम्रो भए पनि एउटा सानो गल्तीका कारण सरकारका प्रवक्ताले साँझ नै मुलुकका महत्त्वपूर्ण पदमा आसीन व्यक्तिसँग माफी माग्नु परेको छ ।
हो, सोमबार साँझ सभामुख सुवास नेम्बाङलाई भेटेर सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले माफी मागेका हुन् । स्रोतका अनुसार, मन्त्री रिजालले नेम्बाङलाई भने, ‘नियतवश हामीबाट गल्ती भएको होइन, कार्यक्रम संयोजनमा गडबडी भयो, यसमा हामी दुःखी छौँ ।’
भएको के हो त ?
सोमबार खुलामञ्चमा संविधान जारीपछि आयोजित खुशियाली साटासाटको कार्यक्रम तयारी भएपछि संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निभाएका अध्यक्ष सुवास नेम्बाङ निम्तो कुरेर खुलामञ्चमा जनउत्साह हेर्ने लालसामा बसिरहे । उनी खुलामञ्चमा हुने कार्यक्रममा आउने नै थिए । तर संविधानसभाको अध्यक्ष, सरकारी कार्यक्रम, निम्तोबिना पुग्नु हल्का भइने डरले निम्तो कुरिरहे । यता नेम्बाङ निम्तो आउने आसामा बसिरहे । उता कार्यक्रम सकियो ।
अग्रभागमैै थियो आसनग्रहण
खुलामञ्चमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरु, संविधानसभाका अध्यक्ष नेम्बाङका लागि आसन ग्रहणको व्यवस्था थियो । त्यही भएर उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह पनि पछाडि बसेका थिए । जबकि अगाडि तीन सिट खाली नै थियो । त्यहाँ एउटामा डा. बाबुराम भट्टराई र अर्कोमा नेम्बाङका लागि तोकिएको थियो । नेम्बाङलाई कुर्सी व्यवस्था भए पनि निम्तो नभएकाले जनउत्साह हेर्ने नेम्बाङको रहर अधुरो मात्र रहेन, सरकारका प्रवक्ताले त्रुटि भएको भन्दै माफीसमेत माग्नु परेको छ । बिरामी परेकाले डा. भट्टराई पनि कार्यक्रममा गएनन् ।
सोमलाल सुवेदीले मानेनन्
सरकारले आयोजना गरेको कार्यक्रम पनि भएकाले सबैलाई निम्तो दिने काम सरकारको पनि दायित्व हो । तीनदलले पनि ख्याल राख्नु पथ्र्यो । सुरुमा कार्यक्रम चलाउन सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीलाई जिम्मा थियो । तर सुवेदीले तीनदलको देखिने कार्यक्रम भएकाले नचलाउने मनसाय देखाएपछि उपप्रधानमन्त्री गौतमले मिनेन्द्र रिजाललाई फोन गरेर कार्यक्रम चलाउने जिम्मा दिएका थिए । रिजालले कार्यक्रम त चलाए नै, तर कार्यक्रम संयोजनमा भएको एउटा सानो त्रुटिले माफी माग्ने काममा पनि उनी नै अघि सर्नु पर्यो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्