Skip to content
LAXMI SUNRISE BANK

एक खर्ब १७ अर्बमा १ सय ८६ पेजको संविधान

अर्थ सरोकार

अन्ततः जननिर्वाचित संविधानसभाले संविधान बनाएको छ। २०६४ साल चैत २८ गते भएको पहिलो संविधानसभा निर्धारित समयमा संविधान बनाउन नसकेपछि २०६९ साल जेठ १४ गते विघटन भयो।

त्यसपछि पूर्व कर्मचारी सम्मिलित सरकार बनाएर २०७० साल मंसिर ४ गते दोस्रो संविधानसभा निर्वाचन गरियो। दोस्रो संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गर्न सफल भएको छ। सबैलाई कौतुहलको विषय भनेको संविधानसभाबाट संविधान बनाउन कति खर्च लाग्यो होला?

निर्वाचन आयोग, व्यवस्थापिका संसद, महालेखा परीक्षकको कार्यालय, शान्ति मन्त्रालय तथा शान्तिकोषबाट प्राप्त पहिलो संविधान सभादेखिको खर्च जोड्ने हो भने नेपालले पाएको संविधानको मूल्य १ खर्ब १७ अर्ब ७४ करोड ९ लाख १७ हजार पर्न आउँछ। यसमा सुरक्षा निकायको खर्च जोडिएको छैन।

यो हिसाबले संविधानको प्रति पृष्ठ करिब ६३ करोड खर्च भएको देखिन्छ। नेपालको संविधान २०७२ १ सय ८६ पृष्ठको छ।

संविधानसभा निर्वाचन, शान्ति व्यवस्थापन, शान्तिकोष, पहिलो तथा दोस्रो संविधानसभा निर्वाचन र व्यवस्थापिका संसदको कार्यालयको तथ्यांकअनुसार जननिर्वाचित संविधानसभाले संविधान बनाउँदासम्मको संविधानको जम्मा खर्च १ खर्ब १७ अर्ब नाघेको हो।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK