×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हवाई फायरबाट बरण्डामा बसेका बालकलाई गोली लाग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हवाई फायरबाट बरण्डामा बसेका बालकलाई गोली लाग्यो

Artha Sarokar

४ आश्विन २०७२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विराटनगर, ४ असोज । विराटनगरमा आज मध्याह्न प्रहरीले प्रहार गरेको गोलीबाट तीनजना घाइते भएका छन् ।

विराटनगर–७ बस्ने १४ वर्षीय अजय सहनी, २० वर्षीया पिङ्की केशरी र १८ वर्षीय विशाल केशरी घाइते भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

सहनीलाई बायाँ करङमा, केशरीलाई दाहिने काखीमुनि र विशाल केशरीलाई गालामा लागेर गोली चिप्लिएको प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले जानकारी गराउनुभयो । तीनैजनाको गोल्डेन अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था खतरामुक्त रहेकोे उहाँले बताउनुभयो ।

विराटनगरको महावीर चोकमा बिहानैदेखि संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले टायर बालेर विरोधका कार्यक्रम सुरु गरेपछि अवस्था तनावपूर्ण बनेको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन सुरुमा अश्रुग्यास प्रहार गरेको र अवस्था नियन्त्रणमा आउन नसकेपछि गोली चलाएको प्रहरी नायब उपरीक्षक खरेलले बताउनुभयो ।

विराटनगरको धरानरोडअन्तर्गतका महावीर चोकदेखि शनि मन्दिरसम्मको अवस्था अहिले तनावपूर्ण छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी