
विराटनगर, ४ असोज । विराटनगरमा आज मध्याह्न प्रहरीले प्रहार गरेको गोलीबाट तीनजना घाइते भएका छन् ।
विराटनगर–७ बस्ने १४ वर्षीय अजय सहनी, २० वर्षीया पिङ्की केशरी र १८ वर्षीय विशाल केशरी घाइते भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
सहनीलाई बायाँ करङमा, केशरीलाई दाहिने काखीमुनि र विशाल केशरीलाई गालामा लागेर गोली चिप्लिएको प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले जानकारी गराउनुभयो । तीनैजनाको गोल्डेन अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था खतरामुक्त रहेकोे उहाँले बताउनुभयो ।
विराटनगरको महावीर चोकमा बिहानैदेखि संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले टायर बालेर विरोधका कार्यक्रम सुरु गरेपछि अवस्था तनावपूर्ण बनेको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन सुरुमा अश्रुग्यास प्रहार गरेको र अवस्था नियन्त्रणमा आउन नसकेपछि गोली चलाएको प्रहरी नायब उपरीक्षक खरेलले बताउनुभयो ।
विराटनगरको धरानरोडअन्तर्गतका महावीर चोकदेखि शनि मन्दिरसम्मको अवस्था अहिले तनावपूर्ण छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्