Skip to content
LAXMI SUNRISE BANK

बैठक चलीरहँदा रिसले आगो बनेका प्रधानमन्त्रीले भने ‘मलाई झुक्याएर हस्ताक्षर गर्न लगाइयो’

अर्थ सरोकार

संविधानसभा सम्वाद समिति अन्तरगतको विशेष समिति बैठक चलीरहँदा प्रधानमन्त्री शुशिल कोइराला रिसले झोक्कीएर उठे । कांग्रेस एमाले, एमाओवादी र मधेसी जन अधिकार फोरम लोकतान्तिकका शीर्ष नेता बिच सिमांकनका विषयलाई लिएर छलफल जारी रहँदा एमाओवादीले ७ प्रदेशको नयाँ तुरुप फालेपछि प्रधानमन्त्री रिसले आगो भएर हिँडेको स्रोतको भनाइ छ ।

सीमांकनमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने प्रयासमा बसेको शीर्ष दलको बैठकबाट एकाएक प्रधानमन्त्री कोइराला हिँडेपछि बैठक अनिश्चित कालका लागी लम्बिएको छ । सम्वाद समिति अन्तरगतको विशेष समिति बैठकमा एमाओवादीले कांग्रेस र एमालेले अघि सारेको सात प्रदेशलाई नै साझा प्रस्ताव बनाउने प्रस्ताव गरेपनि प्रधानमन्त्री ६ प्रदेशमा नै अडिग रहे ।

सुदूरपश्चिम अखण्ड हुने भएपछि कांग्रेस नेता शेरबहादुर देउवा समेत एमाओवादीको प्रस्तावमा नरम देखिए पनि कोइराला हिँडेपछि बुधबारको बैठक बिना निष्कर्ष टुगींएको हो । बाहिरीने बेलामा प्रधानमन्त्री कोइरालाले मलाई झुक्याएर हस्ताक्षर गराएको भन्ने अभिव्यक्ति दिएको नाम उल्लेख नर्गने सर्तमा एक नेताले बताए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK