
काठमाण्डु, ३ असोज– संविधान जारी गर्न यसअघि राष्ट्रपति डा. रामवरण यादव साँझ ५ बजे संविधानसभा भवन जाने मिडियामा आएको थियो । तर, राष्ट्रपति सो समयमा त्यहाँ नपुगने भएका छन् । राष्ट्रपतिका पे्रस सल्लाहाकार राजेन्द्र दाहालका अनुसार ५ बजेको समय फिक्स समय नभएको र राष्ट्रपतिलाई संविधानसभाबाट ५ बजेर ४५ मिनेटमा बोलाइएको हो । राष्ट्रपति ५ बज्ने पुग्ने समय थियो किन ढिला हुन लागेको भन्ने प्रश्नमा दाहालले भने, ‘त्यो समय कहाँबाट कस्ले दियो, भन्यो हामीलाई थाहा छैन । हामीलाई संविधानसभाबाट जुन समयमा बोलाइएको हो उहाँ सोही समयमा त्यहाँ पुग्नुहुन्छ ।’