Skip to content
LAXMI SUNRISE BANK

परीक्षा रोक्न त्रिभुवन विश्वविद्यालयलाई मधेसी मोर्चाको चेतावनी

अर्थ सरोकार

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आइतबारदेखि सुरु हुने स्नातक प्रथम वर्षको परीक्षा स्थगन गर्न त्रिभुवन विश्वविद्यालयसँग माग गरेको छ ।

मोर्चाको विद्यार्थी सँगठन तराई–मधेश विद्यार्थी फ्रन्टले शनिबार एक विज्ञप्ती जारी गर्दै स्नातक प्रथम वर्षको परीक्षा स्थगन गर्न माग गरेको हो ।

‘विगत ३४ दिन देखी लगातार आमहडताल जारी रहेको र ४० भन्दा वढी आन्दोलनकारीहरुको शहादत भइसकेको अवस्थामा परीक्षा गराउनु आन्दोलनको अपमान हो । साथ–साथै परीक्षार्थीहरुको अध्ययन हुन नसकेको, मनोवैज्ञानिक रुपमा विद्यार्थी परीक्षाको निम्ति तयार हुन नसकेको र यातायात लगायत शैक्षिक संस्था बन्द रहेको हुँदा यस्तो प्रतिकुल परिस्थितिमा त्रिभुवन विश्वविद्यालयमा परीक्षा हुन नसक्ने हामी ध्यानाकर्षण गराउन चाहन्छौं ।’ विज्ञप्तीमा भनिएको छ ।

परीक्षा नरोके जस्तोसुकै कदम चाल्न आफूहरु पछि नपर्ने र त्यसवाट हुन सक्ने परिणामको जिम्मा त्रिभुवन विश्वविद्यालयले लिनुपर्ने तराई–मधेश विद्यार्थी फ्रन्टका महासचिव मनिष मिश्रद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

‘यति हुँुदा हुँदै पनि यस प्रतिकुलतामा मधेश आन्दोलनलाई अपमान गर्ने गरी रगतमाथी परीक्षाको नाममा खेल भयो भने त्यसवाट हुन सक्ने परिणामको जिम्मा स्वयं त्रिवि र सम्बन्धित पक्षले लिनुपर्ने छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK