
जिल्ला वन कार्यालय कञ्चनपुरका कर्मचारीले शनिबार घाइते अवस्थामा ल्याइएको चित्तल मारेर खाएका छन् । शुक्रबार राति गाउँलेले लखेटेपछि घाइते भएको चित्तललाई राति नै इलाका वन रेन्ज पोस्टका प्रमुख जिवत्स यादवले घाइते चित्तल जिल्ला वन कार्यालय पु¥याएका थिए ।
चित्तलको उपचारको साटो वन कर्मचारीले मरिसक्यो भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि रहेको वन सुुरक्षा शाखामा काटेर खाएका हुन् । ऐन अनुसार घाइते अवस्थामा वन्यजन्तु फेला परे उपचार गर्नुपर्ने र मरेको अवस्थामा फेला परे वन कार्यालय, प्रहरी र पशुसेवा कार्यालयको रोहवरमा खाडलमा गाड्नुपर्ने हुन्छ । तर यहाँ सुरक्षा शाखाका प्रमुख जीतसिंह बोहरा र मानबहादुर खडायतसहित जिल्ला वन कार्यालयका कर्मचारीले भाग लगाएको मासु लिनाका साथै बिक्रीसमेत गरेका छन् ।
बिहान रासस प्रतिनिधि त्यहाँ पुग्दा सुरक्षा शाखाका सबै कर्मचारी र बाहिरबाट समेत मासु खरिदका लागि स्थानीयवासी पुगेका थिए । साथै स्थानीयवासीले खरिद गरेर चित्तलको मासु लगेका छन् । ‘चित्तल मरेको भए पनि रोहबरमा गाड्नुपर्ने ऐनमा व्यवस्था छ ।’ वन स्रोतले भन्यो, ‘तर यहाँ जिल्ला वन अधिकृतहरुकै मिलेमतोमा मासु खाइएको छ ।’ घटनाबारे जिल्ला वन कार्यालयका निमित्त प्रमुख वीरबहादुर ठगुन्नाले घाइते अवस्थामा ल्याइएको चित्तल आज बिहान मरेको खबर आफूकहाँ आएको बताउँदै चित्तल कर्मचारीले खाएको बारे आफूले जानकारी नभएको भन्दै पन्छिए ।
‘मरे पनि रोहवरमा चित्तल गाड्नुपर्ने कानुनी प्रावधान छ ।’ उनले भने,‘चित्तलको छाला निकालेर गाडेपछि मुचुल्का उठाउनुपर्ने हुन्छ ।’ जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विभाग अधिकृत मदनसिंह धामीले वनबाट ल्याइएको चित्तल शुक्रबार राति नै मरेको बताए । उनले चित्तल मरेको बारे प्रतिवेदन बनाए पनि कानुनी प्रावधानअनुसार गाड्नुपर्ने विषयमा वन कार्यालयले प्रक्रिया पु¥याउनुपर्ने बताए ।
घटनालगत्तै सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोको टोलीले जिल्ला वन कार्यालय शाखाबाट अन्दाजी एक किलो मासु लिएर घरतर्फ गइरहेका भीमदत्तनगरपालिका–१८ का ४२ वर्षीय वीरबहादुर ठगुन्नालाई नियन्त्रणमा लिएको छ । ‘वनमा मासु बिक्री हुँदैछ भन्ने खबर पाएपछि किनेर ल्याएको प्रारम्भिक बयान उनले दिएका छन् । ब्युरोका महाकाली अञ्चल प्रमुख प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले भने,‘अहिले मासुसहित जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान हुँदैछ ।’ –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्