×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संविधान बनोस्’ भन्ने सुसाइड नोट लेखेर कोरियामा नेपाली युवाले आत्महत्या गरे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

संविधान बनोस्’ भन्ने सुसाइड नोट लेखेर कोरियामा नेपाली युवाले आत्महत्या गरे

Artha Sarokar

२ आश्विन २०७२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वैदेशिक रोजगारीका लागि कोरिया पुगेका एक नेपाली युवाले आत्महत्या गरेका छन् । तीन महिना अघि मात्रै कोरिया पुगेका २५ बर्षीय प्रदीप भट्टले शुक्रबार दिउँसो आफु बस्ने घरको बाथरुममा झुण्डिएर आत्महत्या गरेका हुन् ।

प्रहरीले उनको साथबाट सुसाइड नोट समेत बरामद गरेको छ । सुसाईड नोटमा उनले आफ्नो परिवारलाई सम्झिँदै नेपालमा छिट्टै संविधान बनोस् र शान्ति छाओस् भनेर लेखेका छन् ।

“आमा मलाई माफ गर्नुहोला र बुढेस कालमा हजुरलाई रुवाउन पुगें । हरि दाइ आमाको राम्रो ख्याल गर्नु । आमालाई हजुरको काखमा छोडेर गएको छु । दाई तिमिले मेरो लागि धरै दुःख गर्यौ । त्यो गुन मैले यो जुनीमा तिर्न सकिन । अर्को जुनीमा अवश्य तिर्नेछु ।”

उनले लेखेका छन्- “बिदेशको भूमीमा कसैलाई पनि यस्तो दुःख नपरोस् । म कसैलाई पनि दोष दिन्न । मेरो बाँच्ने आधार सकियो । नेपालमा संविधान चाडैं बनोस्, देशमा शान्ति आओस् ।”

उनले कोरियाको खजेदोमा रहेको पानीजहाज बनाउने कम्पनीमा काम गर्दै आएका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी