
थरुहट थारुवान संघर्ष समितिले आन्दोलन सशक्त बनाउने भन्दै युवा दस्ता सार्वजनिक गरेको छ । शुक्रबार कैलालीको पहलमानपुर गाविस ९ नक्फोर्वा गाउँमा जिल्लास्तरीय युवा भेला आयोजना लडाकु दस्ता गठन गरेको हो ।
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य होरिलाल चौधरीले युवा दस्ताले थरुहट थारुवान आन्दोलनलाई सशक्त, मर्यादित र व्यवस्थित बनाउन सहयो गर्ने बताए । उनले आन्दोलन सुरक्षाको काम पनि दस्ताले गर्ने बताए ।
५१ सदस्य रहने दस्ताले संबिधान जारी हुने असोज ३ गतेका दिन कालो झण्डा सहित प्रदर्शन गर्ने र माग संबोधन नभएका धारा उपधारा सबै असोज ३ र ४ गते जलाउने एकीकृत माओवादीका जिल्ला ईञ्चार्ज कृष्ण चौधरीले बताए ।
अब निर्णायक आन्दोलनको तयारी स्वरुप युवा दस्ता गठन गरेको उनिहरुले बताएका छन । लडाकुको संख्या एक लाख सदस्यीय बनाउने योजना रहेको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्