Skip to content
LAXMI SUNRISE BANK

नरेन्द्र मोदीका विशेष दूत आज नेपाल आउँदै

अर्थ सरोकार

गणतन्त्र नेपालको संविधान पारित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना दूत बनाएर शुक्रबार विदेश सचिवलाई नेपाल पठाउँदैछन् ।

मोदीले विदेश सचिव सुभ्रमन्यम जयशंकरलाई दूत बनाएर नेपाल पठाउन लागेका हुन् । मोदीका विशेष दूत बनेर जयशंकर शुक्रबार बिहान ९ बजे काठमाडौं उत्रँदैछन् ।

उनले शुक्रबारै राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र सबै दलका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । उनले शुक्रबार बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीलार्इ बालकोटमा भेट्ने भएका छन्।

उनले कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई छुट्टा छुट्टै भेट्ने भएका छन् ।

जयशंकरले मधेसवादी दलहरुसँग पनि बेग्लै भेट्ने कार्यतालिका छ । संविधान जारी हुनु दुई दिनअघि विदेश सचिव जयशंकर नेपाल आउनुमा विशेष अर्थ रहेको विश्लेषकहरुको भनाइ छ ।

मोदीले विशेष दूत बनाएर नेपाल आउन लागेका उनी संविधान जारी गर्ने विशेष कार्यक्रममा सहभागी नहुने भएका छन्।

शुक्रबार दिनभरी नेपालका दलहरुसँग भेटवार्ता गरेपछि उनी शनिबारै भारत फर्कने छन् । संविधानसभाबाट पारित संविधान आइतबार साँझ ५ बजे बस्ने बैठकले जारी गर्ने कार्यतालिका छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK