
यसअघि जनकपुर हत्याकाण्डमा पुर्पक्षका लागि थुनामा रहेका साहलाई अर्को अभियोगमा अदालतले घटना भएको १२ वर्षपछि दोषी ठहर गरेको हो ।
वि.सं २०६८ देखि अदालतमा विचाराधीन दुई मुद्दामा बिहीबार न्यायाधीश वैद्यनाथ उपाध्याय, देवेन्द्रगोपाल श्रेष्ठ र चोलेन्द्रशम्शेरको पूर्ण इजलासले पुनरावेदन अदालत जनकपुरको फैसला सदर गर्दै साहलाई दोषी ठहर गरेको अदालतका प्रवक्ता नहकुल सुवेदीले बताए ।
उनलाई २०६० जेठ ३ गते धनुषाको सखुवा महेन्द्रनगर गाविसको बजारमा हतियारसहित पक्राउ गरी प्रहरीले मुद्दा लगाएको थियो । सो फैसलापछि साहले जनकपुर हत्याकाण्डबाहेक थप अभियोगमा जेल सजाय भोग्नुपर्ने भएको छ ।
साहकै योजना र निर्देशनमा २०६८ वैशाख १८ गते जनकपुरमा बम विस्फोट गराएको जिकिर गर्दै उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको थियो ।
अलग्गै मिथिला राज्यको माग गर्दै धर्नामा रहेका व्यक्तिलाई लक्ष्य गर्दै भएको बम विस्फोटनमा चर्चित कलाकार रञ्जु झासहित पाँचजनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।
जनकपुरमा पाँच जनाको ज्यान जाने गरी गराइएको बम बिस्फोटका प्रमुख योजनाकार साहलाई अवैध हातहतियार राखेको मुद्दामा सर्वोच्चले दोषी ठहर गरेको हो।
यसअघि बमकाण्डमा दोषी ठहर गर्दै २०७१ मंसिर १८ गते पुनरावदेन अदालत जनकपुरले साहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
०६९ बैसाख १८ गते जनकपुरको रामानन्द चौकमा पाँचजनाको ज्यान जाने गरी भएको बमकाण्डमा दोषी ठहर गर्दै जिल्ला अदालत धनुषाले पनि साहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।
उक्त बमकाण्डमा मिथिलाकी चर्चित महिला कलाकार रञ्जु झासहित पाँचजना निर्दोष व्यक्तिको ज्यान गएको थियो। घटनमा ३५ जना बढी घाइते भएका थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्