
पति तथा अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको शोकले अझै राम्रोसँग सामाजिक जीवनमा फर्किन नसकेकी अभिनेत्री श्वेता खड्कालाई फेरि अर्को शोक परेको छ । श्रीकृष्णको निधन भएको ठीक वर्षदिनपछि उनकी आमाको पनि निधन भएको छ । श्रीकी आमा तथा श्वेताकी ८८ वर्षिया सासु जगतकुमारी श्रेष्ठको बुधवार निधन भएको हो ।
छोराको निधनपछि अत्यन्तै चिन्तित अवस्थामा रहेकी जगत कुमारीलाई नियमित उपचारका लागि मंगलबार चावहिलको ओम अस्पताल र्पुयाइएको थियो । उपचारका क्रममा उनको अस्पतामा निधन भएको हो । उनको पार्थिव शरीरको बुधवार नै अन्तिम दाह संस्कार गरिउको छ । आर्यघाटमा श्रीकृष्ण श्रेष्ठकी धर्मपत्नी तथा अभिनेत्री स्वेता खड्कासँगै जगतकुमारीका छोराहरू तथा आफन्तहरू र केहि फिल्मकर्मी मलामीको रूपमा उपस्थित थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्