Skip to content
LAXMI SUNRISE BANK

मधेसी मोर्चाद्वारा संविधान जलाउने घोषणा

अर्थ सरोकार

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ संविधान जलाउने घोषणा गरेको छ ।
बिहीबार बसेको मोर्चाको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो । मोर्चाले संविधान जारी हुने दिन (असोज ३) लाई ‘कालो दिन’ भनेको छ ।
मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शताब्दिऔंदेखि उत्पीडित समुदायमाथि जारी रहेको असमानता र विभेदलाई नै निरन्तरता दिंदै संविधान जारी गरिने दिन इतिहासमा कालो दिन भएको हुँदा सोको विरुद्ध असोज ३ गते मुखमा कालो पट्टी बाँधी कालो झण्डा लिएर बृहत् मौन जुलुस प्रदर्शन गर्ने र राति ७ बजेदेखि ८ बजेसम्म ब्ल्याक आउट गर्ने, असोज ४ गते सदरमुकाममा विशाल प्रदर्शनको आयोजना गरी विरोधस्वरुप संविधान जलाउने निर्णय गरिएको छ ।’
संयुक्त विज्ञप्तिमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका महासचिव मनिष सुमन र तराई–मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले हस्ताक्षर गरेका छन् ।
उनीहरुले हालै रुपन्देहीको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको अन्धाधुन्ध गोली प्रहारले ४ वर्षीय बालक र १२ वर्षीय किशोरीसमेत ५ जनाको हत्या भएको र बारा, पर्सा, सप्तरी, धनुषा र महोत्तरी लगायतका घटनाले सरकार वार्ताद्वारा समस्या समाधानप्रति गम्भीर नभई जारी आन्दोलनमाथि हिंसा, हत्या र दमन गरी दबाउन खोजेको निश्कर्षसमेत निकालेका छन् । तर कैलालीमा आन्दोलनकारीबाट प्रहरीका एसएसपीसहित प्रहरीहरु मारिएको तथा कैलाली मै दुई वर्षीय बालक मारिएको, महोत्तरीमा घाइते अवस्थामा उपचारका लागि लगिएको सशस्त्र प्रहरी नायव निरीक्षकको हत्या भएकोमा भने उनीहरुले केही उल्लेख गरेका छैनन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK