
संविधानसभाले नयाँ संविधान पारित गरेको छ । संविधानको प्रस्तावनासहित सबै धाराहरु पारित भएपछि बुधबार राति बसेको संविधान सभाको बैंठकले अत्याधिक बहुमतबाट नयाँ संविधान पारित गरेको हो ।
नयाँ संविधानका लागि मत विभाजनको प्रकियाबाट भएको मतदानमा संविधानको पक्षमा ५०७ मत प्राप्त भएको छ भने विक्षमा राप्रपा नेपालका २५ सभासद्ले मात्रै मतदान गरेका छन् । संविधान पारित भएको घोषणा हुँदा सभामा निकै लामो ताली बजेको थियो।
संविधानमा ३७ भाग, ३०८ धारा र ९ अनुसुची छन् । मतदानमा सहभागी हुन पाउँदा सभासद्हरु निकै खुसी देखिन्थे । उनीहरु बधाई तथा शुभकामना साटासाट गर्दै संविधान सभाभित्रै फोटो सेसन समेत गरेका थिए ।
संविधान पारित गर्न दुई तिहाई बहुमत आवश्यक पर्ने प्रावधानअनुसार मतदान गरिएको हो। संविधान अत्यधिक बहुमतबाट आजै पारित भए पनि यसलाई औपचारिकता तथा वैद्यता दिने काम शुक्रबार हुने छ र आइतबार जारी एवं घोषणा हुनेछ।
संविधानका सबै धारा पारित भएपछि मतदानको तयारीका लागि ७: १० मा बैठक स्थगित भएको थियो। राति ८ बजेदेखि मतदान सुरु भएको थियो ।
आज पारित भएको संविधानमा अनुसांगिक मिलाएर पाँच प्रति नेपाली कागजमा छापिने छ र त्यसमा शुक्रबार सभासद्हरुले दस्तखत गर्नेछन्।
त्यसलाई संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रमाणीकरण गर्नेछन्। त्यसलाई औपचारिक रुपमा जारी तथा घोषणा गर्ने काम असोज ३ गते संविधानसभा भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिबाट हुनेछ।
आइतबारदेखि संविधानका धारामा मतदान सुरु भएको थियो। ध्वनि मतका आधारमा संविधानका ३ सय २ धारामा मतदान सम्पन्न भएको छ र ६ धारा थपिएका छन्।
संविधानसभाको हाल कायम सिट संख्या ५९८ मात्र हो। संविधान पारित गर्न चाहिने अन्तरिम संविधानको धारा ७० को प्रावधानअनुसार आवश्यक पर्ने दुईतिहाई बहुमत भनेको ३९८ सभासद् हुन्।
प्रमुख तीन दलमा रहेको सभासद् संख्या ४ सय ७४ नै संविधान निर्माणका लागि पर्याप्त छ। संविधानसभाका ९१ प्रतिशत सभासद् प्रक्रियामा सहभागी भएका छन् ।
राप्रपा नेपाल पनि प्रक्रियामा सहभागी भएपछि संविधानसभामा ५४० सभासद् प्रकिया वा संविधानको पक्षमा छन्। प्रकियाको पक्षमा रहेका दलहरूको संख्या १९ पुगेको छ।संविधानसभाको प्रक्रिया छोडेर ११ वटा साना दल र एक स्वतन्त्र सभासद् अहिले आन्दोलनमा लागेका छन्। उनीहरूको सभासद् संख्या केवल ५८ मात्र हो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्