×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नै सासु बेच्ने बुहारी कल्पना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आफ्नै सासु बेच्ने बुहारी कल्पना पक्राउ

Artha Sarokar

३० भाद्र २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भारत गुडगाउँबाट उद्धार भई आएका महिलाहरू बिक्री गर्ने २ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने मोरङ बाहुनी–९ की ३३ वर्षीया कल्पना परियार भन्ने कल्पना लिम्बु र कास्की पोखरा उपमहानगरपालिका–१२ हस्पिटल चोक बस्ने बाग्लुङ तारा–९ का ४२ वर्षीय कृष्ण भन्ने जीतबहादुर दर्जी रहेका छन् । ब्यूरोले कल्पनालाई रामबजार पोखराबाट र जीतबहादुरलाई काठमाडौं कपनबाट पक्राउ गरेको हो ।

नेपाली महिलाहरूलाई साउदी अरबमा घरेलु कामदारको रूपमा राम्रो तलब हुन्छ भनि आफ्नै सासुआमा र एक महिला समेतलाई काठमाडौं हँुदै भारतको नयाँ दिल्लीस्थित नेपाली तथा भारतीय दलालहरूको गिरोहलाई बिक्री गरेको र पीडितलाई बन्धक बनाई भारतको गुडगाउँस्थित अपार्टमेण्टमा राखेको भन्ने सूचनाको आधारमा भारतको माइती ईन्डिया र भारतिय प्रहरीद्धारा भदौ २१ गते साउदी अरेवियन राजदुताबासका कर्मचारीको आपार्टमेण्टबाट उद्धार गरी भारत नयाँदिल्लीस्थित नेपाली राजदुतावासको पहलमा भदौ २४ गते नेपाल पठाइएको थियो ।

व्यूरोले उनीहरुलाई काठमाडौं जिल्ला अदालतसमक्ष पेश हुँदा मानब बेचबिखन तथा ओसार पसार (नियन्त्रण) अपराध मुद्धा दर्ता गरी म्याद लिई अनुसन्धान भइरहेको छ । साथै गिरोहमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास जारी रहेको ब्यूरोले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी