
भारत गुडगाउँबाट उद्धार भई आएका महिलाहरू बिक्री गर्ने २ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने मोरङ बाहुनी–९ की ३३ वर्षीया कल्पना परियार भन्ने कल्पना लिम्बु र कास्की पोखरा उपमहानगरपालिका–१२ हस्पिटल चोक बस्ने बाग्लुङ तारा–९ का ४२ वर्षीय कृष्ण भन्ने जीतबहादुर दर्जी रहेका छन् । ब्यूरोले कल्पनालाई रामबजार पोखराबाट र जीतबहादुरलाई काठमाडौं कपनबाट पक्राउ गरेको हो ।
नेपाली महिलाहरूलाई साउदी अरबमा घरेलु कामदारको रूपमा राम्रो तलब हुन्छ भनि आफ्नै सासुआमा र एक महिला समेतलाई काठमाडौं हँुदै भारतको नयाँ दिल्लीस्थित नेपाली तथा भारतीय दलालहरूको गिरोहलाई बिक्री गरेको र पीडितलाई बन्धक बनाई भारतको गुडगाउँस्थित अपार्टमेण्टमा राखेको भन्ने सूचनाको आधारमा भारतको माइती ईन्डिया र भारतिय प्रहरीद्धारा भदौ २१ गते साउदी अरेवियन राजदुताबासका कर्मचारीको आपार्टमेण्टबाट उद्धार गरी भारत नयाँदिल्लीस्थित नेपाली राजदुतावासको पहलमा भदौ २४ गते नेपाल पठाइएको थियो ।
व्यूरोले उनीहरुलाई काठमाडौं जिल्ला अदालतसमक्ष पेश हुँदा मानब बेचबिखन तथा ओसार पसार (नियन्त्रण) अपराध मुद्धा दर्ता गरी म्याद लिई अनुसन्धान भइरहेको छ । साथै गिरोहमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास जारी रहेको ब्यूरोले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्