×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विनोद चौधरीको कम्पनीले यसरी ठग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विनोद चौधरीको कम्पनीले यसरी ठग्यो

Artha Sarokar

३० भाद्र २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ठग्ने होइन, ठगिने दोषी । दसैँ–तिहारको उपलक्ष्यमा विशेष छुट भन्दै कतै तपाइँ पनि टेलिभिजन, रेफ्रिजेरेटर खरिद गर्दै त हुनुहुन्न ? उसो हो भने होस गर्नुहोस् है, नागेश्वर श्रेष्ठझैँ ठगिनुहोला ।

फोब्र्स पत्रिकाद्वारा नेपालको अर्बपति ठह¥याइएका विनोद चौधरीलाई सोही पत्रिकाले यसपटक विश्वकै दानीको सूचीमा समावेश गरेको छ । तर, तिनीद्वारा सञ्चालित कम्पनीले सर्वसाधारणलाई कसरी ठग्छन् भन्ने यो एउटा ज्वलन्त उदाहरण हो । वाइवाई चाउचाउका मालिक चौधरी गु्रपले एलजी ब्रान्डको टेलिभिजनसमेत बिक्री–वितरण गर्दै आएको छ ।

संतुगलमा फ्याक्ट्री रहेको एलजीको सोरुम कालिमाटीमा समेत छ । बल्खु घर भई वीर अस्पताल रक्तसञ्चार विभागमा कार्यरत कर्मचारी नागेश्वरले आकर्षक छुटमा एक वर्षअघि कालिमाटीस्थित सनराइज नेपाल इलेक्ट्रोनिक्स प्रालिबाट ४७ इञ्चको एलजी टिभी र एलजी वासिङ मेसिन गरी २ लाख ५६ हजारको सामान खरिद गरेका थिए । जसमध्ये टेलिभिजनको मूल्य एक लाख ७२ हजार पाँच सय ६६ रुपैयाँ थियो ।

त्यस्तै, उनले सोही डिलरबाट ५३ हजार ९ सय ८२ रूपैयाँको एलजी वासिङ मेसिन खरिद गर्दा २ वर्षको ग्यारेन्टी कार्डसमेत पाएका थिए । तर, केही महिना नबित्दै टिभी बिग्रियो । ठूलो रकम हालेर किनेको टेलिभिजन बिग्रँदा चिन्तित हुनु स्वाभाविकै थियो, कम्पनीमा फोन गरे । कम्पनीकै गाडीमा आएका केही कर्मचारीले घरबाट टिभी उठाएर लगे । एउटा सानो रसिद दिए । र, केही साताभित्रै बनाइदिने वचन पाए ।

यतिखेर उनको हातमा न टेलिभिजन छ न त पैसा । घरबाट उठाएर लगेको टेलिभिजन कम्पनीले बनाएर फिर्ता दिने त परको कुरा उल्टो के भइरहेछ भन्दै नागेश्वर सोध्न जान्छन् । कम्पनीका कर्मचारीले उल्टै धम्क्याउने र थर्काउने गर्ने गरेको गुनासो छ । यससम्बन्धमा निवेदन दर्ता गर्न गए । तर, उद्योगपति विनोद चौधरीविरुद्ध भन्दै प्रहरीले निवेदनै लिन अस्वीकार गरेको श्रेष्ठ गुनासो गर्छन् । यस विषयमा बुझ्न सनराइज नेपाल इलेक्ट्रोनिक्सका एमडीको मोबाइल नम्बर ९८०२०२२१६२ मा पटक–पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् भनेर जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी