
काठमाडौं । संविधान निर्माणको काम अन्तिम अवस्थामा आइपुगेको छ । संविधान जारी भएलगत्तै मुलुकमा नयाँ सरकार बन्ने छ र त्यसको नेतृत्व एमालेले गर्ने अघोषित समझदारी नै बनेको छ ।
संविधान निर्माणलाई यो स्थानमा पु¥याउने धेरैको महत्वपूर्ण हात रहेको छ । खासगरी एमाओवादी अध्यक्ष प्रचण्डको भूमिका यसमा विशेष रहेकोमा दुईमत छैन । तीस दलीय मोर्चामा मधेसी दलहरुको चर्को अहसमतिका बीच पनि आन्दोलनका घोषित कार्यक्रम रोकेर सहमति खोज्ने निर्णय नै संविधान निर्माणको आधार बन्न पुग्यो ।
तर यो सँगै नेकपा एमालेका अध्यक्ष केपी ओलीको दृढ भूमिकाले संविधानमा बाह्य शक्तिहरुले चलखेल गर्न सकेनन् । नेपालको निर्णयमा भारतको निर्णायक भूमिका हुँदै आएकोमा ओलीले संविधान निर्माणमा दक्षिणतिरबाट आउने आँधीलाई बालकोटको पर्खालले छेके । प्रचण्डको लचकता र ओलीको एजेण्डामा दृढताले प्रधानमन्त्री सुशिल कोइराला र नेपाली कांग्रेसका अन्य नेताहरु समेत एउटै मियोमा हिँडे र मुलुक संविधान निर्माणसम्म आइपुग्यो ।
भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओली यहाँसम्म भूमिका निर्वाह गर्न सक्नुमा एकजना महिलाको ठूलो योगदान रहेको छ । २०६४ सालमा ओली निकै बिरामी भए । उनका दुबै मृगौलाले काम गर्न नसक्ने स्थिति देखियो । डाक्टरहरूले मृगौला फेर्नैपर्ने बताए ।
तर कसले दिने मृगौला ? नजिकका आफन्त, नेता, कार्यकर्ता र प्रशंसकहरू उनलाई आफ्नो किड्नी दिन तम्सिएपनि बाहिरबाट लिँदा विवाद हुन सक्ने देखेपछि परिवारभित्रैबाट किड्नी खोजी गरियो । तर पत्नी, भाई, परिवारका आफन्त कसैको पनि नमिलेपछि ओली झनै चिन्तित भए ।
‘आफ्नो मान्छे त्यति ठूलो नेता हुँदा पनि किन जागिरका लागि नभनेको ?’ तर, म उहाँकी बुहारी भनेर चिनाउँदै हिँड्दिनँ । उहाँको परिवारको सदस्य हुन पाएकी छु, यति नै काफी लाग्छ । आफ्नो सानैदेखिको आदर्श व्यक्तित्वले जीवनभर सम्झने एउटा पात्र बन्न पाउनुभन्दा ठूलो सौभाग्य अरू के होला र रु संघर्ष त आखिर सबैले गर्नुपर्छ नै । उहाँको दायित्व राष्ट्रप्रति बढी छ । ओलीलले भने उनको बारेमा बेलाबखत सोधिरहन्छन् ।
यो संकटको क्षणमा केपीको बारेमा थाहा पाएपछि भाइबुहारी अञ्जना घिमिरेले आफूले मृगैला दिन्छु भनेर श्रीमानलाई भनिन् । भर्खर २१ वर्ष लागेकी अन्जान नातामा ओलीकी भाइबुहारी थिइन् भने उमेरले छोरीजस्तै । केपीलाई लागेछ, उनी बच्चै छिन् । यो निर्णय हतारमा गर्नु हुँदैन । तर अन्जानले भने दिन्छु नै भनेर ढिपी गरेपछि ओलीले ‘त्यसो भए तिम्रो बुवाआमालाई सोध न ।’ भने ।
उनले चितवनमा रहेका बुवाआमालाई यसबारेमा कुरा गरिन् । एमालेको राजनीतिमा रहेका बुवा ध्रुव घिमिरे र आमा प्रशान्तले नाइँ भनेनन् । ‘राम्रो मान्छेलाई बचाउनु त राम्रो कुरा हो, बचाऊ भन्नुभयो’, अन्जानले भनिन्, ‘त्यसले मेरो आत्मबल झन् बलियो बनाइदियो ।’
रगतसमूह मिलेपछि डाक्टरले फेर्न सकिने कुरा गरे । उनीहरु दिल्लीको एपोलो अस्पताल गए । त्यहां ओलवीको सफल मृगौला प्रत्यारोप(ण् भयो । १५ महिनाको छोरा घरमैं छोडेर गएकी अञ्जना सात दिन अपोलो अस्पतालमा बसिन् । “त्यसपछि त झन् मेरो खुसीको सीमा नै थिएन । मलाई देख्नासाथ केपी दाइले भन्नुभयो– ‘सानै भए पनि तैँले मलाई जिन्दगी दिइस्, धन्यवाद ।” अञ्जना भन्छिन् ।
मृगौला प्रत्यारोपण भएपछि ओली निकै भावुक भएको अञ्जना सम्झिन्छिन् । “तेरो जिद्दीले आखिर मलाई बचाउनै लेखेको रहेछ है’ यतिबेला उहाँका आँखाभरि आँसु देखेँ । उहाँले दिएको धन्यवाद नै मेरा लागि काफी थियो । खुसीले म पनि रोइछु । दबाब वा करकापमा दिनुपरेको भए वातावरण अर्कै हुन्थ्यो होला, तर मेरो मनले स्वतस्फूर्त रूपमा उहाँलाई बचाउन आग्रह गरेको थियो । यहाँ कुनै दबाब थिएन, थियो त केबल आत्मीयता मात्र ।
तर अञ्जनाले मुलुकको एकजना शक्तिशाली व्यक्तिलाई यति ठूलो सहयोग गरेपनि त्यसको बदलामा भने केही लिन चाहिनन् । भनौं कि उनले यसको कल्पना पनि गर्दिनन् । उनीह काठमाडौंको गुह्येश्वरीको पारि किनारमा एउटा सामान्य घरमा भाडाको कोठामा बस्छिन् । उनका श्रीमान् साथीको सहकारी र होलसेल किराना पसलमा मार्केटिङ गरेर परिवार पाल्दै आएका छन् ।उनले मदन भण्डारी स्कुलमा केही समय पढाइन् । अन्नपूर्ण पोस्ट् दैनिकमा केही महिना काम गरिन् । किराना पसल चलाइन् । अहिले भने उनको नसा च्यापिने समस्याले काम छोडेकी छन् । सामान्य घरायसी जीवन बिताइरहेकी छिन् ।
“अब केपी ओली एकपटक प्रधानमन्त्री भएको हेर्न चाहन्छु म । धेरै नेतालाई प्रधानमन्त्रीका रूपमा हेरियो, चाहेर पनि देशका समस्या समाधान गर्न सकेनन् । प्रधानमन्त्रीका रूपमा उहाँको प्रभावशालीताको मूल्यांकन गर्न मन छ मलाई । म विश्वस्त पनि छु– उहाँ प्रधानमन्त्री हुनुभयो भने पक्कै पनि देशमा अहिलेजस्तो अन्योल रहनेछैन ।”
थाहा पाउनेहरू सोध्छन्– ‘आफ्नो मान्छे त्यति ठूलो नेता हुँदा पनि किन जागिरका लागि नभनेको ?’ तर, म उहाँकी बुहारी भनेर चिनाउँदै हिँड्दिनँ । उहाँको परिवारको सदस्य हुन पाएकी छु, यति नै काफी लाग्छ । आफ्नो सानैदेखिको आदर्श व्यक्तित्वले जीवनभर सम्झने एउटा पात्र बन्न पाउनुभन्दा ठूलो सौभाग्य अरू के होला र रु संघर्ष त आखिर सबैले गर्नुपर्छ नै । उहाँको दायित्व राष्ट्रप्रति बढी छ । ओलीलले भने उनको बारेमा बेलाबखत सोधिरहन्छन् ।
फेरि उहाँको स्वभाव पनि अरू नेताको जस्तो छैन, पद वा अवसरको दुरुपयोग गरी नातेदारलाई पोसौं भन्ने । नातावादलाई प्राथमिकता नदिने त्यही बानीका कारण त उहाँ मेरो आदर्श पात्र हो । मलाई नपुग्दो पनि के छ र, खान–लाउन पुगेकै छ । मेहनत त गर्नुपरिहाल्यो नि १ जिन्दगीमा धेरै महत्त्वाकांक्षा राख्नुहुन्न भन्ने मान्यता राख्छु । दाइको पावर उपयोग गरेर फाइदा लिऊँ भन्ने सोच मेरा पतिको पनि छैन, नहोस् पनि ।
अञ्जनाको एउटै धोको ओलीलाई प्रधानमन्त्री भएको हेर्नु रहेको छ । “अब केपी ओली एकपटक प्रधानमन्त्री भएको हेर्न चाहन्छु म । धेरै नेतालाई प्रधानमन्त्रीका रूपमा हेरियो, चाहेर पनि देशका समस्या समाधान गर्न सकेनन् । प्रधानमन्त्रीका रूपमा उहाँको प्रभावशालीताको मूल्यांकन गर्न मन छ मलाई । म विश्वस्त पनि छु– उहाँ प्रधानमन्त्री हुनुभयो भने पक्कै पनि देशमा अहिलेजस्तो अन्योल रहनेछैन ।”
सौय दैनिक र हेल्थ टुडेमा प्रकाशित समाचारको आधारमा
एभरेष्ट दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्