Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रपतिले अपमानित गरेपछि शीतलनिवासको चिया छाडेर हिंडे नेम्वाङ

अर्थ सरोकार

राष्ट्रपति रामवरण यादव भेट्न पुगेका संविधानसभा अध्यक्ष सुवास नेम्वाङ अपमानित महसुस गर्दैशीतलनिवासबाट बाहिरिएको खुलासा भएको छ ।
आगामी ३ असोजमा हुने संविधान घोषणा समारोहमा उपस्थित हुन मंगलबार औपचारिक निम्ता लिएर गएकामा राष्ट्रपतिले सकारात्मक व्यवहार नदेखाएपछि नेम्वाङले अपमानित महसुस गरेका हुन् ।
स्रोतका अनुसार राष्ट्रपति यादवले सभाध्यक्षसँग हात मिलाउनसमेत गाह्रो मानेका थिए । यसअघिका भेटमा मुलुकको अवस्था र संविधान लेखनबारे खुलेर धारणा राख्ने राष्ट्रपतिले नेम्वाङको आगमनलाई खासै चासो दिएनन् ।
राष्ट्रपतिको व्यवहारबाट दुःखित भएका नेम्वाङ शीतलनिवासको चिया समेत नपिई बाहिरिएका थिए । उनले संविधान घोषणा कार्यक्रममा आउन निम्ता दिए पनि राष्ट्रपतिले निम्ता स्विकार वा अस्विकार केही गरेनन् ।
‘यसबारेमा म पछि औपचारिक रुपमा जानकारी पठाउँछु’, राष्ट्रपतिले यत्ति मात्र भने ।  यसअघि सभाध्यक्षले सोमबार नै निम्ता दिन चाहेकामा राष्ट्रपति कार्यालयले मंगलबार बिहान ९ बजेका लागि मात्र समय मिलाएको थियो ।
आन्दोलनरत मधेस केन्द्रितसहित असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर संविधान जारी गर्न सभाध्यक्ष र प्रमु्ख दलका शीर्ष नेतालाई दबाब दिँदै आएका राष्ट्रपति संविधान लेखन प्रक्रिया अघि बढेकामा रुष्ट छन् ।
दलहरुबीचको १६ बुँदे सहमतिमा संविधन जारी भएको एक महिनापछि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्ने सहमतिका कारण राष्ट्रपति चिन्तित छन् । ३ असोजमा संविधान जारी भए कात्तिक ३ अगावै उनले शीतलनिवास खाली गर्नुपर्ने छ ।
राष्ट्रपतिले समारोहमा सरिक हुन आनाकानी गरेपछि सभाध्यक्षसहित प्रमुख दलका शीर्ष नेताको संविधानसभा भवनमा बसेको बैठकको निर्णयअनुसार मंगलबार नै संसदले ३ असोजमा संविधान घोषणा गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
सार्वभौम संसदले नै मिति ताकेपछि समारोहमा उपस्थित हुन राष्ट्रपतिमाथि नैतिक दबाब परेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK