
राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब एक घण्टा भेटवार्ता भएको थियो । भेटवार्तापछि संचारकर्मीसँग प्रधानमन्त्री कोइराला आक्रोशित रुपमा प्रस्तुत भए। प्रधानमन्त्रीलाई संचारकर्मीले भेटवार्ताका विषयमा प्रतिक्रिया माग गरेका थिए। संचारकर्मीले प्रधानमन्त्रीलाई संविधान कहिले आउँछ भन्ने प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्रीले आक्रोशित हुँदै भने,’संविधान कहिले आउँछ भन्ने कुरा सभामुखलाई सोध्नुस।’
प्रधानमन्त्री आक्रोशित भएपछि संचारमकर्मीले प्रधानमन्त्रीलाई रिसाएजस्तो देखियो नी भन्ने प्रश्न गरेका थिए। जवाफमा प्रधामन्त्रीले आफ्नो बोली नै यस्तै भएको बताएका थिए। राष्ट्रपतिसँग के विषयमा छलफल भयो भन्ने संचारकर्मीको जिज्ञासामा प्रधानमन्त्रीले भने,’के के के कुरा भयो तपाइहरुलाई सबै बताउँ ?’ राष्ट्रपतिसँग भेटगरी बाहिर निस्कने क्रममा राष्ट्रपतिका स्वकीय सचिव ललित बस्नेतले प्रधानमन्त्रीसँग केहीबेर भला कुसारी गरेका थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्