Skip to content
LAXMI SUNRISE BANK

‘माता’ले भनिन्–संविधान आएपछि पाइला–पाइलामा समस्या आउँछ

अर्थ सरोकार

काठमाडौं– आफूलाई स्वघोषित ज्योतिष ‘माता’ ठान्ने महिला सविता सरु शर्मा आचार्यले २०७२ सालमा आउने संविधानले समस्या मात्र पैदा गर्ने दाबी गरेकी छन् ।
रातोपाटीसँग कुरा गर्दे उनले संविधानले रिस, राग, झगडा मात्र निम्ताउने दावी गरिन् । ‘समस्या मात्र निम्ताउँछ कि जस्तो लाग्छ, किनभने २०७२ साल नै राम्रो छैन । त्यहि भएर संविधानपछि पनि झमेला, संकट र अवरोध बढी हुनेछन् ’ उनले भनिन् ।

‘माता’ कै शब्दमा अवको भविष्यवाणी

यसै त २०७२ साल अनिष्ट साल हो । तर, पनि असोज ३ गते आइतवारको दिन ठिकै दिन त छ । यो संविधानसभामा कतिको चित्त बुझ्दैन । रिस, राग, झगडा मात्र निम्ताउँछ कि । समस्या मात्र निम्ताउँछ कि जस्तो लाग्छ, किनभने २०७२ साल नै राम्रो छैन । त्यहि भएर संविधानपछि पनि झमेला, संकट र अवरोध बढी हुनेछन् । नयाँ काममा विरोध पनि हुने हुन्छ । हरेक नेपालीहरुको लागि राम्रो समय त ०७३ साल हो । त्यसपछि सवैलाई शान्ति मिल्छ । ०७३ मा संविधान आएको भए सवैलाई एकीकृत गराउथ्यो, सवैको चिक्त बुझ्दथ्यो । धर्मनिरपेक्ष त्यति राम्रो भएन, संविधानमा हिन्दु राष्ट्र बनाएको भए सवैलाई शान्ति मिल्दथ्यो ,त्यो हुन सकेन भन्ने धार्मिक मानिसहरुको गुनासो आएको छ । धार्मिक व्यक्तिका लागि अलि सहज हुँदैन कि भन्ने मानिस भेटेको छु । बर्वादै भयो कि भन्ने गुनासो पनि सुनिन्छ । विभिन्न धर्म–संस्कृति बचाईराख्न कठिन हुन्छ कि भन्ने सुनिन्छ । जे होस ०७२ साल अनिष्ट भएकाले पाइला–पाइलामा समस्या आएका छन् । अव पनि पाइला पाइलामा समस्या आउछन् । सहज वातवरण हुँदैन यो साल ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK