
नयाँ संविधान जारी भएको एक साताभित्रै मुलुकले नयाँ प्रधानमन्त्री पाउने छ।नयाँ संविधानको भाग ३५ मा संक्रमणकालीन व्यवस्था अन्तर्गत धारा २९२ मा नयाँ संविधान जारी भएको एक साता भित्रै चालु संसद्बाट नयाँ प्रधानमन्त्री चयन गरिसक्नुपर्ने व्यवस्था छ।
असोज ३ गते संविधान घोषणा र जारी हुने भएकोले असोज १० सम्म नयाँ सरकार गठन हुने छ।संसद् अधिवेशन पनि चालु रहेकोले छिटै प्रधानमन्त्री चयन हुन लागेको हो। संसद् चालु नरहेको भए संसद् अधिवेशन डाकेर प्रधानमन्त्री चयन केही ढिलो हुन्थ्यो।
कांग्रेस एमालेबीच भएको समझदारीअनुसार असोज १० भित्रै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने संभावना छ।२०७० माघ २६ गतेको सातबुँदे सहमतिमा संविधान निर्माण भएपछि वर्तमान प्रधानमन्त्रीले राजीनामा गर्ने र एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व लिने स्पष्ट उल्लेख छ। संविधान निर्माणको क्रममा १६ बुँदेदेखि एक ठाउँमा रहेका मुख्य चार दलहरुबीच पनि यसमा सहमति भइसकेको छ। त्यसैले ओली भावी प्रधानमन्त्रीमा निश्चित भएका छन्।
एक महिनाभित्र नयाँ राष्ट्रपति र उपराष्ट्रपति र सभामुखको चयन गर्नुपर्ने व्यवस्था छ। कात्तिक ३ गतेभित्र वर्तमान राष्ट्रपति डा. रामवरण यादवको पदावधि सकिने छ। मुलुकले नयाँ राष्ट्रपति पाउने छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्