
नेम्वाङले सोमबार साँझ ७ बजेका लागि संविधानसभाका महा–सचिव मनोहर प्रसाद भट्टराईसँगै राष्ट्रपतिसँग भेटको समय लिएका थिए । तर, राष्ट्रपति कार्यालयले विभिन्न बाहाना बनाउँदै भेटको समय नदिएको स्रोतले काठमाण्डु टुडेलाई बताएको छ ।
स्रोतका अनुसार राष्ट्रपति कार्यालय कार्यालयबाट संविधानसभा सचिवालयमा ३ पटक फोन गर्दै ‘सुवास नेम्वाङको नाम कसरी लेखिन्छ’ भन्दै प्रश्न गरेका थिए । स्रोतले भन्यो, ‘संविधान निर्माणको अन्तिम समयमा राष्ट्रपतिको भूमिका महत्वपूर्ण रहन्छ तर, उनले त्यसकै लागि निम्ता दिन मागको समय दिन सकेनन् । उल्टै तीनपटक फोनमा सुवास नेम्वाङको नाम कसरी लेखिन्छभनेर सोधियो ।’
तराई–मधेस केन्द्रित दलहरु आन्दोलनमा रहेकाले उनीहरुको सहमति बिना नै संविधान जारी गर्न लागेको भन्दै असन्तुष्ट बनेका राष्ट्रपति यादवले नेम्वाङसँग भेट गर्न नमानेका हुन् ।
केही दिनदेखि राष्ट्रपति यादवले प्रधानमन्त्री सुशील कोइराला र सधाध्यक्ष नेम्वाङलाई मधेस केन्द्रीत दलहरुका माग पूरा गरेर मात्र संविधान जारी गर्न दबाब दिँदै आएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्