Skip to content
LAXMI SUNRISE BANK

संविधानको घोषणा: असोज ३ गते साँझ ५ बजे सार्वजनिक बिदा दिने

अर्थ सरोकार

नयाँ संविधान असोज ३ गते साँझ ५ बजे घोषणा हुने भएको छ । संविधानसभा सचिवालयले असोज ३ गते साँझ ५ बजे नयाँ संविधान घोषणाको कार्यतालिका बनाएको हो ।

घोषणा समारोहमा सहभागी हुनका लागि निम्ता दिन आजै बेलुका सात बजे संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र महासचिव मनोहर भट्टराई शितलनिवास जाँदैछन् ।  संविधानसभा भवन नयाँ बानेश्वरमा विशेष राष्ट्रिय समारोह गरेर संविधान घोषणा गर्ने तयारी छ। संविधान घोषणा समारोहको व्यवस्थापनका लागि आन्तरिक गृहकार्य तथा तयारी संविधानसभा सचिवालयले सुरु गरिसकेको छ । विशिष्ट पाहुनाहरुलाई निमन्त्रणा गर्ने क्रम सुरु भइसकेको छ । त्यसदिन सार्वजनिक बिदा दिने तयारी समेत भैरहेको छ ।

अहिले संविधानसभामा नयाँ संविधानको विधेयकमाथि मतदान चलिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK