
पहिलो संविधानसभाले फेल खाएपछि त उनलाई धारे हात लगाउनेको संख्या यति बढयो कि सामाजिक सञ्जालमा उनका विरुद्ध लहर नै आयो। उनलाई जति गाली सायदै अरु नेताले खाएका होलान्। तर पछिल्ला संविधानसभामा आइतबार गरेको ‘सन्तुलित’ भाषणपछि प्रचण्डको छविमा ठुलो अन्तर आएको छ। उनलाइ प्रंशसा गर्दे फेसबुक र ट्विटरमा स्टाटस र ट्विटका बाढी आएका छन्।
खासगरी सधैको ल्याङल्याङले आजित भएकाहरु प्रचण्डको पछिल्लो अडानले खुसी भएका छन्। प्रचण्डले संविधानमा आफ्ना मुद्धा नआएपनि देशलाइ एउटा निकास दिएरै छाड्ने भन्दै संविधानका लागि ठुलो कसरत गरेका थिए। उनको दौडधुप धेरैलाइ मन पर्यो ।
जनमानसमा भारतले नेपालमा स्थिरता हुन नदिने छाप परेको थियो। अन्तिम समयमा आएर भारतले जे भन्यो त्यही हुने भन्दै धेरै निरास थिए। धेरैले अपेक्षा गरेअनुसार नेपालका लागि भारतीय राजदुतले दौडाहपनि चलाएका थिए । तर उनको चासोलाई नसुन्दै प्रचण्डको जसरी संविधानसभालाइ एउटा प्रक्रियामा छिराउन सहयोग गरे त्यसले उनिप्रति सकारात्मक छवि बन्यो।
प्रचण्ड यसअघि बनाउने भन्दा पनि बिगार्ने नेताका रुपना बढि ‘प्रोजेक्सन’ भएका थिए। तर संविधानसभामा उनको पछिल्ला गतिवधीले उनको स्वीकार्यता अन्य पार्टीमा समेत बढाइदियो। यिनै पृष्ठभुमिमा प्रचण्डले आइतबार संविधानसभामा अन्तिम भाषण गरे। भाषण निकै सन्तुलित थियो र सबै पक्षलाई सन्बोधन गर्ने कोसिस गरिएको थियो। धेरै पछि प्रचण्डको भाषणका अन्य दलका सभासदले पनि टेबल ठोकेका थिए ।
प्रचण्डको भाषणमा के थियो ?
यो संविधानको मस्यौदमा धेरेको रगत लत्पतिएको छ । यो संविधानलाई नेपाली जनताको सबै तह र तप्काको आफ्नो संविधान बनाउनका लागि यो प्रयास हो । पहिलो संविधानसभाबाट संविधानसभा असफल भएपछि हामीले यो संविधानसभा पनि विघटन होला भन्ने कालो बादल मडारिन थाल्यो । त्यसैले हामीले अहिले धेरै कुरा गर्ने पक्षमा म छैन । हामीले यो बिचमा विभिन्न षडयन्त्र र चलखेल देख्यौं । नेपाली नेताहरु आफ्नो बाचा र बोली पुरा गर्न सक्दैनन् भन्ने पुष्टी गर्ने प्रयास चिर्न हामी सफल हुनै पर्छ ।
थारुहरुको माग जायज छन् । तर संविधान कुनै पनि हालतमा बनाउनु पर्छ नबनाएर झन ठूलो खतरा हुनछ भन्ने पनि लागेको छ । पहिला, कर्णाली, जनजाति, दलितका अधिकार सोचेजति सम्बोधन गर्न नसकेकोमा पीडा भएको छ । त्यो पीडा सबैभन्दा बढी एमाओवादीले नै भोगको छ । एमाओवादी कांग्रेस एमालेको सहयात्री पनि भएको छ ।
कांग्रेस एमाले मिल्दा दुई तिहाई पुग्ने भएकाले शासकिय स्वरुप, संघीयता लगायत महत्वपूर्ण विषयमा सम्झौता गरियो । तर आफूहरुका मुद्धा फरक मतको रुपमा रहनेछन्।
मधेसमा आन्दोलन चलेको छ । ठूलाठूला तोडफोड र हिंसात्मक आन्दोलन चलेको छ । राज्यले टाउकोमा गोली ठोक्ने र प्रहरीलाई निर्मम तरिकाले मार्ने काम पनि भएको छ । मधेसवादी दलका केही नेताले मधेसलाई छुट्टै देश बनाउने भनेर दिएको अभिव्यक्ति आत्मघाती र राष्ट्रघाती छ ।
दशकदेखि अड्कियो राजनीतिले नयाँ कोर्स लिएपछि प्रचण्ड स्वयमले हल्का महसुस गरेको हुनु पर्छ। नत्र माओवादीले उठाएर र स्थापित गरेका केही मुद्धा अन्यले नै हाइज्याक गरिसकेका थिए भने केहि मुद्धाले स्वयम पार्टीलाई सक्दै लगेको टिप्पणी सुन्न पाइन्थ्यो।
प्रचण्डले नयाँ राजनैतिक लाइनले एमाओवादीलाई अर्को वामपन्थी दल एमालेसंग पनि नजिक ल्याएको छ भने प्रचण्डले केपी ओलीको रुपमा नयाँ मित्र फेला पारेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्