नेपाल धर्मनिरपेक्ष मुलुक बन्ने निश्चित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानमा धर्मनिरपेक्षताको साटो हिन्दु राष्ट्र राख्नु पर्ने माग गर्दै गरेको संशोधन प्रस्तावलाई संविधान सभाको बहुमतले अस्वीकृत गरिदिएको छ ।
संविधानको धारा ४ मा रहेको नेपाल धर्म निरपेक्ष राष्ट्र रहने भन्ने कुरा संशोधन गर्न थापाले प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई सभाध्यक्ष सुवास नेम्वाङले निर्णथार्य प्रस्तुत गर्दा बहुमतले यो प्रस्ताव अस्वीकृत गरेको थियो ।
कुल ६१ जना सभासद् प्रस्तावको पक्षमा रहेको भए मतदानमा जान सकिने व्यवस्था बमोजिम सो प्रस्तावको पक्षमा २१ जना सभासद् मात्रै उठेकाले नेम्वाङले प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए ।

संविधानसभाको बैठकबाट संविधानको धारा ४ मा कांग्रेस एमाले र एमाओवादीले संयुक्त रूपमा राखेको संशोधन प्रस्ताव पारित भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्