×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय जनावर गार्इ, राष्ट्रिय पंक्षी डाँफे, संविधानका १३ वटा धारा पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राष्ट्रिय जनावर गार्इ, राष्ट्रिय पंक्षी डाँफे, संविधानका १३ वटा धारा पारित

Artha Sarokar

२८ भाद्र २०७२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं : नयाँ संविधान जारी गर्न संविधानसभामा सोमबार पनि बिहानदेखि नै मतदान भइरहेको छ।

आइतबार धारा १ देखि ३ सम्मलार्इ संविधानको अंग बनाएको संविधानसभाले सोमबार बिहानदेखि धारा ४ बाट मतदान शुरु गरेको हो ।

संविधानसभाको बैठकमा जारी मतदानमा अहिलेसम्म धारा १ देखि नै १३ सम्म पारित भइसकेको छ । सभाले आइतबार र सोमबार गरी १३ वटा धारा पारित गरिसकेको छ ।

मतदान प्रक्रियाबाट संविधानसभाले नेपालको राष्ट्रिय जनावर गार्इ र राष्ट्रिय पंक्षी डाँफे हुने टुंगो गरेको छ ।

नेपालको संविधानको परिमार्जित विधेयककलार्इ संविधानको अंग बनाउने क्रममा संविधानसभाको बैठकले धारा ९ मा राष्ट्रिय जनावर, पंक्षी, रंग र फूलको टुंगो बहुमतबाट लगाएको हो ।

नेपालको संविधानको परिमार्जित विधेयकको धारा ९ को उपधारा ३ मा नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पंक्षी डाँफे हुन व्यवस्था गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी