हे बाबा! तिम्रा पनि त गुनासाका पोका होलान् नि हगि, कति दु:ख गरेर घरखर्च जोहो गरेउ… केवल भान्सा धानेर बसेकी आमाले तिम्लाइ ओझेलमा पारिन्।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
बिहानै बन्चरो काँधमा हालेर जङ्गल जान्थ्यौ… तिम्ले चिरेका दाउराले आमाले खाना पकाउँथिन्! आमाले मिठो पकाएको देखें तर तिम्रो गुन देखिन बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
रुखका टुप्पामा चढेर डाला काट्थ्यौ, आमाले भुइँमा बसेर बटुल्थिन्.. हाँगो भाँच्चिएर लड्दा तिम्लाइ पनि दुख्दो त हो नि! तर तिम्रो गुन देखिन बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
राति कोही आए भित्र छोडेर तिमी बाहिर जान्थ्यौ… आमाले भित्रभित्रै आफू डराएर हाम्लाइ सान्त्वना दिएजस्तो गर्थिन्! डर त हुँदो हो नि बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
बाबाले कमाएको पैसा झिकेर आमाले चकलेट किन्ने पैसा दिन्थिन्… हामी बाउले भन्दा आमाले माया गर्छिन् भन्थ्यौं! मैले तिम्रो गुन देख्न सकिनँ बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
छोरो नबिग्रोस् भनेर तिमीले झपारी झपारी सही बाटोमा ल्याउँथ्यौ… आमाले त केवल स्वान्त्वना मात्रै दिएकी थिइन! मैले तिम्रो गुन देख्न सकिन बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
छोरोले विदेशबाट फोन गर्दा पनि उसको पैसा बढी काट्ला भनेर छिटोछिटो सन्चोबिसन्चो सोधेर फोन राख्नुहुन्छ… कुरा गर्ने रहर त हुँदो हो नि बाबा! 😉
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
आमा त दु:ख पर्दा रुन्थिन्, सारीको सप्कोले आँसु पुछ्थिन्, कपाल जगल्टो पारेर मुख लुकाउँथिन्… तिमीलाइ त समाजले त्यो पनि बन्चित गर्यो बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
सारा समाज पराइ हुँदा आमाको त माइत जाने विकल्प थियो… तिम्रो त त्यो पनि थिएन! तनाव बिसाउन कतै जाउँ भन्ने रहर त तिम्रो पनि हुँदो हो नि बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
तिमीले खर्च जोहो गरिगरि पढायौ… आमाले एकछिन खेल्न जा भन्दा माया देखें, तिम्ले भविष्य बनाउन गरेको मेहनत देख्नसकिन! चित्त दुख्यो होलानि बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
तिम्ले मेहनत गर्ने, घर चलाउने… मैले आमाको दुधको भारा मात्रै देख्ने! “दुध निस्कन र हो नत्र त म पनि खुवाउँथें” भन्ने रहर त हुँदो हो नि बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
म खसीको मासु खाने जिद्दी गर्थें… पारीपारीसम्म पुगेर भएपनि ल्याउँथ्यौ! मलाइ ह्याँकुलो दिन्थ्यौ, खाने रहर त तिम्लाइ पनि हुँदो हो नि बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
तनाव मथ्थर पार्न कहिलेकाहिँ रक्सी खाएर आउँथ्यौ! आमाले “कुक्कुरको झोल खाएर आयो” भन्दै बाँसको चिर्पटले हान्थिन्, तिम्रो व्यथा बुझ्न सकिन बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
बाबा! मैले त तिम्रो गुन सम्झिने मात्रै प्रयास गरेको हुँ… आमा आमा भन्दै आर्टिको खेति गर्नेहरु नै बाबाको गुन सम्झंदा उर्लेको देख्यौ नि होइन?
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
तिमीले मेरो लागि त्यत्रो दुख गर्यौ… तर दु:ख पर्दा हरेकपटक “ए आमा” भन्छु। दु:ख पर्दा सुरुमा ‘बाबा’ सम्झियोस् भन्ने रहर त हुँदो हो नि बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
आमाले लसुनबारीमा लगेर नुहाइदिँदा जाडो भएर भाग्न खोज्थें… मलाइ पाखुरामा समातेर ढाड भाँचिने गरि कुट्थिन्। तिम्रो मन भक्कानिदो हो नि बाबा! 🙂
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
तिम्लाइ घरखर्च जोगाउन गाह्रो थियो… म किष्नेका दोकानमा गएर मनलागी उधारो खान्थें। उधारो ऋण तिर्ने बेला कति गाह्रो भयो होला मैले सोंचिन बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
घर मुन्तिरकी रेखासित बिहे गर्दिन्छु भनेर जिस्काउँदा म रोएको थिएँ… साथीले केटी मिलाइदिन्छु भन्दाचाहिँ दंग पर्छु! तिम्रो गुन बुझ्नसकिन बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
दिदीले टिकालाएर जम्मा गरेको पैसाले चकलेट किनेर चुंगी लगाइ लगाइ खाँदा मैले टुलुटुलु हेर्थें… ला छोरा “भेली” भएनि खा भनेको बिर्सेकोछैन बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
पुराना छालाजुत्तामा फाटेका मोजाले काम चलाउँथ्यौ… मोजाकै भएपनि भकुण्डो खेलोस् भनेर ती पनि त्याग गरेउ हगि! तिम्रो व्यथा बल्ल बुझ्दैछु बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
गहुँ छर्दा हिंगा चढ्ने रहर गर्थें… भिरालोमा छोरो लड्ला भनेर दिनभर सम्मो पाटोमा हिंगा लगाउँथ्यौ! भिरालो पाखो छर्ने हतार कहिल्यै गरेनौ बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
भन्यो भने गफ गरेजस्तो होला! तर तिमीले मलाइ स्वतन्त्रता पनि दिएका थियौ… जवानीमा रमाइलो गर्नुपर्छ भनेर मेरा साथीका कुनै बाले भनेनन् रे बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 27, 2015
साँझ पर्नासाथ भैंसी दुहुन्थ्यौ, आमाले दुध तताएर तरजति मलाइ खनाइदिन्थिन्… तिमी डालाभरि मकै छोडाउन थाल्थ्यौ, एकछिन पनि आराम गरेनौ है बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) May 28, 2015
आमाले आगोको भुग्रो जम्मा गरेर मलाइ सेकाउँथिन्… बचेखुचेको कोइला बटुलेर तिमी तमाखु भर्थ्यौ! तातो कोइलाले तमाखु भर्ने रहर त हुँदो हो नि बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 28, 2015
एसएलसी पछि आमाले घरमै बसोस् छोरो भन्ने रहर गर्दा “पढ्नेभए जान्छ नत्र भैंसी किन्दिन्छु” भनी काठमाडौँ धपायौ… त्यो निर्णय दुरदर्शी रहेछ बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 28, 2015
भन्यो भने झेल्ला देखिएला! तर बालकविता प्रतियोगितामा तिमीले लेखिदिएकै कविता बाचनले प्रथम भएको थिएँ.. साहित्यमा रुची जगाइदिने तिमी नै हौ बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 28, 2015
आमाले मकै पिसाउन मिलमा पठाउँथिन्… घर फर्किन अबेला हुँदा जङ्गलको बाटो छोरो डराउला भन्दै धिमधिमे टर्च बोकेर लिन आउँथ्यौ, माया गर्थ्यौ बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 28, 2015
आमाले सानो सानो निहुँमा पनि माइत जाने धम्की देखाउँथिन्, दिदी र म पनि उस्तै पुल्पुलिएका थियौं… चित्त त तिम्रो पनि दुख्यो होला नि बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 28, 2015
दिनभरीको लखतरानपछि खाना खाइओरी ओछ्यानमा पल्टिंदै छोरा बिबिसी नेपाली टिपाइदेन भन्थ्यौ… मैले जानाजान “ह्या बाबा, आज सर्टवेबमा” टिपेन भन्थें।
— विजय कुमार पाण्डे (@meVeekay) May 29, 2015
तिमीले साधनस्रोत जुटाएर मलाइ हरसम्भव खुशी बनाउने प्रयास गर्यौ… मैले जवानीको आडमा बेतुकका गीतिकथा सुन्ने लोभले समाचारबाट बन्चित गरें बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 29, 2015
एकपटक मेरो ओछ्यानमुनि कालो सर्प गुजुल्टिएको थियो। म एकदम तर्सेंथें नि! त्यतिबेला झुम्रो सल्काएर सर्प बाहिर निकालेर मार्यौ… याद छ बाबा सबै।
— विजय कुमार पाण्डे (@meVeekay) May 29, 2015
मौरीले घार फुटाउँदा पानी र माटोले हान्थ्यौं, अग्लो फोस्राको टुप्पोमा गएर गोलो लाग्थ्यो… छोराले मह खाओस् भनेरै आफू मौरीको टोकाइ खायौ बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) May 29, 2015
म कहिलेकाहिँ ठुलै गल्ती गर्थें! छोरो ठुलो भएछ, यस्तै गरेसी झन ठुलो भइन्छ भन्दै घुमाउरो गाली गर्थ्यौ… सिस्नोपानीले भन्दा बढी पोल्थ्यो बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 30, 2015
दु:ख गरेर हुर्कायौ, सरकारी स्कुलमै भएपनि पढायौ.. कहिलेकाहिँ मुनाका पुरानै अंक भएपनि खोजेर ल्याइदियौ! मेरो पहिलो लाइब्रेरी घर नै थियो बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 30, 2015
उबेला अलार्म हुन्थेन केही हुन्थेन, तर पनि हरेकदिन ४ बजे उठेर गोठाल्याइँ गर्थ्यौ… म यहाँ ४ पटक रिपिटेड अलार्म लगाएर पनि उठ्न सक्दिन बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 30, 2015
सानोमा बाख्राका पाठा उचालेर मुनुमुनु गर्थें, बारीका डिलतिर लगेर चराउँथें… गाहकीले राम्रै दाम दिँदा पनि मेरै जिद्दीका कारण बेचेनौ है बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) May 31, 2015
मैले गलत बाटो अपनाउँदा सम्झाउँथ्यौ… म चाहिँ “यो उ जमाना होइन, चुप लाग बा” भन्दै आफ्नै सही थाप्थें, अहिले सम्झँदा समेत हीनताबोध हुन्छ बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 31, 2015
तिम्ले सुर्ती बनाउन घाममा सुकाएको काँचापात बारीमा हुर्र्याइदिन्थें.. चुरोटको पैसा जोगाइ मेरो पढाइमा लगाउन खोजेका रहेछौ बाबा, बुझिन त्योबेला।
— विजय कुमार पाण्डे (@meVeekay) May 31, 2015
तिम्ले भलीबल नकिन्दिँदा “घर छोडें” भन्दै बारीमा गएर दिनभरि मकैडाँठको थुप्रोमा लुकेको थिएँ.. पुरै गाउँ खोज्यौ तर भेटाएनौ, कति सताएँ है बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) May 31, 2015
सानोमा दाँत हल्लिन्थे, हल्लेका दाँत चामलका बोराको धागोले बाँधेर फुकाल्दिन्थ्यौ.. छोरोलाइ नदुखोस् भनेर क्लिनिक लैजाने रहर त हुँदो हो नि बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) June 1, 2015
बाबा तिमीबाट मैले जिम्मेवारी के हो भनेर सिकें, सिक्दैछु र अझै सिक्नुछ! सायद सिकेर सकिन्न पनि… तरपनि एक असल बाबा बन्ने प्रयत्न सधै गर्नेछु।
— विजय कुमार पाण्डे (@meVeekay) June 1, 2015
जे नगर भन्यो त्यही गरें… दिनभर काम न काजसित पोथ्रा छिनाल्दै हिँड्थें। भर्खर आरान लगाएको खुर्पा भाँचेर घर फर्किंदा पनि केही भनेनौ है बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) June 1, 2015
बिहेको निम्तो तिमीलाइ मात्रै हुन्थ्यो, म पछि पछि लाग्थें… ठुलै भैसक्दा समेत पछि लाग्न छोडिन। कस्तो कस्तो त तिमीलाइ पनि हुँदो हो है बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) June 1, 2015
मलाइ एकदिन ननुहाउँदा त साथीहरु पसिना गनाइस् भन्दै खिन्न पार्छन्… दशैँ मान्न गाउँ गएका आफ्नै भाइले गोबर गनायौ दाइ भन्दा कसरि सहन्थ्यौ बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) June 2, 2015
तिमी शहर आउँदा आमालाइ कुरौनी घोट्न लगाएर ल्याइदिन्थ्यौ.. म गाउँ छँदा पूजाकोठा सफा गर्न गाइको गोबर ल्याइदे भन्दा पनि मानिन! पछुतो लाग्छ बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) June 3, 2015
झुस नपुछि काँचा आरु टोक्थें… राति पेट दुखेर रुँदा अँध्यारोमा छामछाम छुमछुम गर्दै टुकी सल्काउँथ्यौ। अहिले खाने मान्छे समेत छैनन् है बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) June 3, 2015
च्या पसलमा चुरोटको मुस्लो छोड्दै “हाम्रो घरको सुड्डो यस्तो र उस्तो” भन्दै आफ्नै बा का कुरा काट्छन्.. आजकालका आधुनिक छोराहरु यस्तै हुन् बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) June 21, 2015
सानो छँदा जातीबिती चकचके थिएँ, जतिबेला पनि अखन्द्रो गर्थें.. तर अरुले सोध्दा ज्ञानी छ भन्थ्यौ.. म साँच्चै नै ज्ञानी भैदिएको भए हगि बाबा! :))
— विजय कुमार पाण्डे (@meVeekay) June 21, 2015
आज होमवर्क गर्दा झुक्केर कम्पासको टुंडोले हात घोंच्यो… तर त्यसको दुखाइले बाल्यकालमा खालि खुट्टा दगुर्दा काँडा बिझेको याद दिलायो बाबा! 🙂
— विजय कुमार पाण्डे (@meVeekay) June 21, 2015
सानो छउन्जेल सबथोक पुर्याएर हुर्कायौ… ठुलो भएर तिम्लाइ स्याहार गर्ने बेलामा पखेटा हालेको बेचेरो गुँडबाट उडेजस्तै फुत्त घर छोडें बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) June 21, 2015
म सहर पसेपछिपनि सकिनसकी एउटा भैंसी पालेका थियौ.. आफूले कुँडे पखालेको खैरो चिया खान्थ्यौ तर मेरो लागि बट्टाभरि घ्यू जम्मा गरिदिन्थ्यौ बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) June 21, 2015
फोनमा कुरा त काठमाडौं हुँदा भन्दा धेरै हुन्छ तर पनि विदेश भनेपछि अर्कै हुने रैछ, मम्मीले सम्झेर आँसु झार्छे भन्यौ बाबा.. मन अमिलो भयो मेरो।��
— विजय कुमार पाण्डे (@meVeekay) June 20, 2015
कति सानासाना कुरामा जिद्दी गर्थें है बाबा! हजुरबाले पूजा गर्दा धरो लगाएको देखेर मलाइ पनि धरो चाहियो भन्दै दिनभरी खुब रोएको याद आयो बाबा। 🙂
— विजय कुमार पाण्डे (@meVeekay) June 21, 2015
सानो छँदा मैले जम्मा गरेका भुरुंग र गुच्छा देख्यौ भने नेटो कटाइदिन्थ्यौ… आजकाल भेट्यौ भने सम्झनाका लागि राख्छौ। कस्तो अनौठो माया हगि बाबा!
— विजय कुमार पाण्डे (@meVeekay) June 21, 2015
बाबा भन्नुहुन्थ्यो: मान्छेहरु हाच्छ्यूँ आउँदा रुमालले नाकमुख छोप्न बिर्सिए… बुर्जुवा शिक्षाले उनीहरुलाइ अंग्रेजीमा ‘Sorry’ भन्न सिकायो! 🙂
— विजय कुमार पाण्डे (@meVeekay) June 22, 2015
च्या पसलमा चुरोटको मुस्लो छोड्दै “हाम्रो घरको सुड्डो यस्तो र उस्तो” भन्दै आफ्नै बा का कुरा काट्छन्.. आजकालका आधुनिक छोराहरु यस्तै हुन् बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) June 21, 2015
जङ्गलमा बाघ, झाडीमा सर्प, पखेरामा पहिरो! हरेकपल जीवनमरणको सङ्घर्ष चल्थ्यो… आमाले मलाइ एक जन्म दिइन्, तिमीले मलाइ कैयौं मृत्यु जितायौ बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 28, 2015
तिमीलाइ छोराका सबै रहरहरु पुरा गर्न सकिएन भन्ने लाग्दो हो… तर जे जति दियौ पर्याप्त दियौ, केही गुनासो छैन! अब केवल आशिर्वाद दिए पुग्छ बाबा।
— विजय कुमार पाण्डे (@meVeekay) May 31, 2015

बाबा सम्बन्धी मेरा ट्वीटहरु
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper

प्रतिक्रिया दिनुहोस्