Skip to content
LAXMI SUNRISE BANK

सञ्चारमन्त्री भन्छन्- ‘मधेसवादी दलहरुको माग मात्रै पूरा गर्नुपर्छ भन्ने छैन्’

अर्थ सरोकार

सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले संविधान सम्झौताको दस्तावेज भएकाले संविधानमा मधेसवादी दलहरुको माग मात्र उल्लेख हुनुपर्छ भन्ने कुरा मान्य हुन नसक्ने बताउनुभएको छ ।

बुटवलमा सञ्चालन हुँदै आएको बुद्ध सामुदायिक टेलिभिजनको आठौँ वार्षिकोत्सव तथा तीज गीत प्रतियोगिता कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री रिजालले असन्तुष्ट पक्षहरुको असन्तुष्टि वार्ताबाट समाधान गर्न सकिने भएकाले हत्या, हिंसाको बाटो त्यागेर वार्तामा आउन मधेसवादी दललाई आग्रह गर्नु भयो ।

मन्त्री रिजालले नयाँ बन्ने संविधान सबै नेपालीका लागि भएका कारण आफूलाई मनपरेको कुरा नभए संविधान हुँदैन भन्ने कुरालाई त्याग्नु जरुरी रहेको बताउनुभयो । आन्दोलनरत पक्षले बैधानिक बाटोबाट आफ्ना माग अगाडि सार्नु पर्ने बताउँदै उनीहरुलाई त्यसमा ल्याउने जिम्मेवारी सरकारको काधमा रहेको छ भन्नुभयो । रासस

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK