
सामाजिक सञ्जालमार्फत जथाभावी लेखेर सद्भाव भड्काउन खोजेको अभियोगमा शेर्पालाई पाँच वर्षको जेल सजायँ हुने सम्भावना बढेको हो । संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य समेत रहेका शेर्पालाई सामाजिक सद्भाव भड्काउने सन्देशहरु लेखेको भन्दै प्रहरीले १० दिन अगाडि १६ भदौमा काठमाडौंबाट पक्राउ गरेको थियो ।
उनीबिरुद्ध शुक्रबार काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन अन्तर्गत अभियोग पत्र दर्ता गरेको छ । सामाजिक सद्भाव भड्काउने अभियोगमा अदालतबाट दोषी ठहर भए शेर्पालाई विद्युतीय कारोबार ऐन अन्तर्गत पाँच वर्ष जेल सजायँ र एक लाख रुपैयाँ जरिवाना हुनेछ ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले शेर्पालाई म्याद थपेर अहिले हिरासतमा राखेको छ । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले अदालतको फैसलापछि शेर्पालाई जेल चलान गर्ने कि धरौटीमा छाड्ने कुराको टुङ्गो लाग्ने बताए ।
शेर्पाविरुद्ध दायर भएको अभियोगमा आइतबारदेखि काठमाडौं जिल्ला अदालतले बहस थाल्ने अधिवक्ता श्री बुढाथोकीले जानकारी दिए ।
कैलालीको टीकापुरमा प्रहरीका एसएसपीसहित मारिने गरी भएको हिंसात्मक घटनालाई लिएर आङकाजीले फेसबुक र ट्वीटरमा सामाजिक सद्भाव भड्काउने सन्देशहरु लेखेपछि प्रहरीले दुई साता अगाडि पक्राउ गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्