×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाबुराम र कान्तिपुरका सम्पादकलाई देश निकाला गर्न महरापुत्रको माग !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बाबुराम र कान्तिपुरका सम्पादकलाई देश निकाला गर्न महरापुत्रको माग !

Artha Sarokar

२६ भाद्र २०७२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 बंगलादेशमा एमबीबीएस अध्यनरत धादिङका राम थापा क्षेत्रीले शुक्रबार फेसबुकमा लेखे, ‘कान्तिपुर सम्पादक सुधिर शर्मा, एमाओवादी नेता डा. बाबुराम भट्टराई अनि मधेसको नाम बेचेर हिंसा गर्ने नेताहरु विदेशी एजेन्ट हुन् । यिनीहरुलाई देश निकाला गरियोस् ।’

सामाजिक सञ्जालहरुमा यस्ता असन्तुष्टि पोखिनु सामान्य नै हो, यसलाई पनि स्वभाविक रुपमै लिऔं । तर, त्यसमा आएको एउटा प्रतिक्रियाले भने धेरै अर्थ बोकेको छ । प्रतिक्रिया दिने पात्र हुन्, ‘राहुल महरा’ । अझै नजिकबाट चिन्न चाहनुहुन्छ भने, उनी एमाओवादी महासचिव कृष्णबहादुर महराका सुपुत्र एवम् एमाओवादीका बहालवाला जिल्ला समिति सदस्य ।

उनले थापाको स्टाटसमा प्रतिक्रिया दिए, ‘तुरुन्त देश निकाला गरियोस् ।’ मतलब थापाले स्टाटसमा नाम उद्धृत गरेका व्यक्तिहरुलाई देश निकाला गरियोस् भन्ने उनको पनि माग रहेको देखियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी