
एनेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आजको २४ घण्टाले नेपाल अखण्ड हुने कि विखण्डनमा जाने फैसला गर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले स्टाटस लेख्दै भनेका छन्, ‘ आजको २४ घण्टाले पुर्खाले आर्जित गरेको र हामीले २०० बर्षसम्म भोग्दै आएको मातृभूमि नेपालको अखण्डता युगयुगसम्म जोगाउन सक्छौं कि सक्दैनौं भन्ने कुराको शायद फैसला गर्नेछ ।’
नेता डा. भट्टराईले नेपालमा कुनै एक जाति, क्षेत्र र समुदायका जनताले आफूलाई नेपाली ठान्ने र अरुले अनेपाली ठान्ने प्रवृत्तिले नेपाल अखण्ड हुन नसक्ने दावी गरेका छन् । संघीयताको विषयमा उनले व्याख्या गर्दै नेपाल मात्र अखण्ड हो र त्यसभित्रका अरु सबै इलाका संघीय ढाँचामा पुनर्संरचना हुन सक्छन् भन्ने विर्सेर वा बुझ पचाएर पुरानो राज्यले बनाएको आफ्नो चुनावी क्षेत्रलाई अखण्ड राख्ने हठले पुर्खाले छाडेर गएको नेपालको एकता धरापमा परेको उनले बताएका छन् ।
देशको अखण्डतामाथि आउन सक्ने अनिष्ठ रोक्न र धेरै भन्दा धेरै राजनीतिक शक्ति र समुदायको स्वामित्व र अपनत्व रहेको संविधान निर्माण गर्न २–४ दिन अघिपछि हुन्छ भने त्यसलाई कसैले पनि प्रतिष्ठाको विषय बनाइनुहुन्न भन्दै उनले तराईमा जारी आन्दोलनलाई असन्तुष्टि र विग्रहको ज्वालामुखी भनेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्