×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नै बाबुले नौ वर्षीया छोरीको बली चढाए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आफ्नै बाबुले नौ वर्षीया छोरीको बली चढाए

Artha Sarokar

२६ भाद्र २०७२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कानपुर–भारतको उत्तर प्रदेशको कानपुरमा एक व्यक्तिले तन्त्रमन्त्रको वहानामा आफ्नै छोरीलाई बलीमा चढाएकाछन्। भारतीय संचारमाध्यमका अनुसार आर्थिक अवस्था कमजोर भएका ३८ वर्षीय किसान गिरजेशले गरिवीका कारण निकै तनावमा थिए। उनले केही दिनदेखि आफ्ना परिवारका सदस्यसँग बोलचालसमेत बन्द गरेका थिए।

प्रहरीका अनुसार एक तान्त्रिकले उनलाई परिवारका कुनै एक सदस्यको बली चढाए आर्थिक अवस्था सुध्रिने बताएपछि उनले आफ्नै छोरीलाई वली दिएका हुन्। तान्त्रिको सल्लाह अनुसार गिरजेशले शनिबार रातिसम्म पूजा गरेका थिए। पूजा सकिने लागेपछि घरमा भएको हसिँयाले आफ्नी नौ वर्षीया छोरी खुशीको हत्या गरेको संचारमाध्यमले जनाएका छन्। मृतक बालिकाकी आमा सुनीताका अनुसार शनिबार जन्माष्टमीको पूजालाई लिएर उनको श्रीमानसँग विवाद भएको थियो।

श्रीमासँगको विवादपछि उनी आफ्ना तीन जना छोरा छोरीलाई लिएर घर बाहिर सुत्न गएकी थिइन्। मस्त निन्द्रमा रहेकी छोरीलाई श्रीमानले कतिबेला उठाएर बली दिए भन्ने थाहा नपाएको सुनीताले बताइन्। सुनीताका अनुसार छोरीलाई बली दिएको ठाउँमा फूल र अगरबत्ती चढाएको थियो। सो ठाउँमा रगतको आहाल जमेको थियो। प्रहरीले गिरजेशलाई पक्राउ गरेको छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी