×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुपन्देहीका ठूला उद्योगमा तोडफोड र लुटपाट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रुपन्देहीका ठूला उद्योगमा तोडफोड र लुटपाट

Artha Sarokar

२६ भाद्र २०७२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बन्दको अवज्ञा गरेको आरोप लगाउदै मधेसी मोर्चाका कार्यकर्ताहरुले रुपन्देहीको भैरहवा–लुम्विनी औद्योगीक कोरीडोर क्षेत्रका आठवटा उद्योग प्रतिष्ठानहरुमा तोडफोड गरी क्षति पुर्याएका छन् ।

मोर्चाका कार्यकर्ताहरुले जगदम्वा सिमेन्ट, वगदम्वा सेन्थेटिक, जगदम्वा स्क्यानीङ, रिलायन्स पेपर मिल, रिलायन्स सिमेन्ट, वृज सिमेन्ट, अम्वुजा सिमेन्ट, अर्घाखाची सिमेन्ट उद्योगमाथि आक्रमण गरेका छन् ।

आक्रमणकारीले उद्योगमा रहेको सिसी क्यामेरा, कम्पुटर तोडफोड गरिदिनुका साथै कामदार तथा सुरक्षा गार्डहरुमाथि दुव्र्यवहार गर्नुका साथै उनीहरुको साथमा रहेको पैसा, मोवाइल समेत लुटेर फरार भएको उद्योगप्रतिष्ठानका संचालकहरुले गुनासो गरेका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संंघले वन्द अवस्थामा रहेका उद्योग प्रतिष्ठानहरुमाथि तोडफोड भएकोमा गम्भीर आपत्ती जनाउँदै जिल्ला सुरक्षा समितिसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।
घटनाका कारण यसक्षेत्रका उद्योगी व्यापारीहरुले औद्योगिक सुरक्षा बल माग गरेको अध्यक्ष रामकुमार शर्माले बताए । 

तोडफोडबाट उद्योगहरुको वास्तविक क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताए ।

यसैबीच जिल्ला सुरक्षा समितीको शुक्रबार बसेको बैठकले औधेगिक क्षेत्रमा औद्योगिक सुरक्षा बल माग गरी केन्द्रमा लिखित पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी