
जारी मधेश आन्दोलनमा प्रहरीको गोलि लागि आन्दोलनकारी मर्ने क्रम जारी छ । प्रहरीले बुधवार महोत्तरीको जलेश्वरमा प्रहार गरेको गोली लागि मृत्यु भएका रोहण चौधरीका हजुरवुवा गणेश चौधरी लाई आज गोली हानि मारेका छन् । प्रत्यक्षदर्शीका अनुसार मृतक रोहणका हजुरवुवा गणेश आफना नातीको काजक्रियाका लागि समान किन्न बजार जाने क्रममा बाटोमा उनलाई लचार पछार गर्दै गोली प्रहार गरेको बताए । उनलाई गोली हाने लगत्तै मृत्यु भएको स्थानीयले बताए ।
स्थानीयहरुका अनुसार रोहणका हजुरबुवा गणेश गाउँमा निकै चर्चित व्यक्ती थिए, गाउँको हरेक गतिविधीमा उनको सहभागिता हुने गरेको थियो । उनी निकै सहयोगी स्वभावका थिए । कहिले पनि कसै सँग कुनै मनमुटाव नभएको उनको छिमेकीले बताए । गणेश चौधरी पूर्व राजा विरेन्द्रको हातबाट समेत उच्च स्तरको सम्मान प्राप्त गरेका थिए ।
विश्वको ईतिहासमा सम्भतः यो पहिलो घटना होला, एउटै आन्दोलनमा एक दिनको फरकमा नाति र हजुरवुवालाई प्रहरीले गोलि हानि मारेको । यो केबल संयोग मात्र हो वा यसको पछाडि केही रहस्य छ ? राज्य र सरोकार वालाले गम्भीर छानविन गर्नु पर्ने स्थानियहरुले माग गरेका छन्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्