×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छोरीलाई पोर्नस्टार बनाएरै छोड्छु :सुनिता पनेरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

छोरीलाई पोर्नस्टार बनाएरै छोड्छु :सुनिता पनेरु

Artha Sarokar

२५ भाद्र २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अरु आमाहरु आफ्ना छोरीलाई डाक्टर, इन्जिनियर बनाउन चाहन्छन् । तर, तपाईं पोर्नस्टार बनाउन चाहनुहुन्छ । यो त उदेकलाग्दो कुरा भएन ?

यसमा उदेक मान्नुपर्ने के छ ? दुनियाँमा पोर्नस्टार बनाएर नाम कमाएका कति केटीहरु छन् ? मेरी छोरीले पोर्नस्टार बन्न खोजेर के गलत गरी ? मैले उसको सपना साकार पार्न सहयोग गरेर के गलत गरेँ ? छोराछोरीको इच्छा पूरा गरिदिनु आमाबाबुको कर्तव्य होइन र सर ?

छोरीलाई सम्झाउने प्रयास कहिल्यै गर्नुभएन ?

किन सम्झाउने ? उ पोर्नस्टार बनेर नाम कमाउन चाहन्छे भने यसमा गलत के छ ?

पोर्नस्टारले के के गर्नुपर्छ भन्ने त तपाईंलाई राम्रैसित थाहा होला । कि नबुझेर यो सब भनिरहनुभएको छ ?
राम्रोसित थाहा छ । पोर्नस्टार पनि धेरै क्याटागोरीका हुन्छन् । मेरी छोरीले पोर्न मुभीमा खेले पनि ‘एक्सट्रिम सीनहरु’ गर्दिँन भनेकी छ । उसले सिंगल सीनहरु सबै दिन्छे । सेक्सको सिनहरु चाहिँ बिचार गरेर मात्रै दिन्छे । सेक्समा पनि त धेरै किसिमका सिनहरु हुन्छन् । उसले गलत सीनहरु गर्दिँन ।

आफैंले छोरीको नांगो फोटो खिच्न कत्ति पनि लाजसरम र आत्मग्लानी भएन तपाईंलाई ?

बिलकुलै केही भएन । मलाई कहिले पनि लागेन कि म कुनै नराम्रो काम गरिरहेकी छु । हामीले घरभित्रै बसेर फोटोसेसन गरेका हौं । उसको ड्याडीले पनि यसमा सपोर्ट गर्नुभएको छ ।

बिगतमा तपाईंको पनि थियो कि पोर्नस्टार बन्ने सपना ? आफैंले कहिल्यै नांगो फोटो खिचाउनुभएको छ ?

रहर त धेरै थियो । त्यतिबेला मलाई यस्तो काम गर्न परिवारले छुट दिएन । तर, म छोरीलाई त्यस्तो बन्देजमा राख्न चाहन्न ।

प्रहरीले आइन्दा यस्तो काम नगर्नु भनिसकेको छ, अब कसरी बनाउनुहुन्छ छोरीलाई पोर्नस्टार ?

मेरी छोरी हिजो प्रहरी कार्यालयबाट फर्केपछि बेहोशजस्तै भएकी छे । रातभरि रोएर बिताई । हजुरले भन्नुस् त, म एउटी आमा भएर कसरी उसको आँखामा आँशु हेर्न सक्छु ? उसको सपना पूरा गर्न म जस्तोसुकै लडाइँ लड्छु । छोरीको आत्मालाई रुवाएर म कहिल्यै हाँस्न सक्दिँन ।
उसको इच्छालाई मार्नु भनेको म जिउँदै मरेसरह हो । त्यसैले म समाजसित हात जोडेर आग्रह गर्छु, हामी आमाछोरीलाई ज्यूँदै नमार्नुस् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी