
यी हाम्रै नेपालकी एक आमा हुन्, जो छोरीलाई पोर्नस्टार बनाउन चाहन्छिन् । उनले हदभन्दा अगाडि बढ्दै कलिली छोरीलाई नंग्याएर आफैंले फोटोसुट पनि गराइन् र फेसबुकमा हालिन् ।
Archana-paneru-1परिणामस्वरुप प्रहरीले दुबै आमाछोरीलाई पक्राउ गर्न बाध्य भयो ।
जब कुनै आमाले आफ्नी छोरीलाई सन्नी लियोनीजस्तै बनाउँछु भन्छिन् भने सोचौं नेपाली समाज कतिसम्म ‘मोर्डन’ भइसकेछ ।
आमा सुनिता पनेरु खुलेआम भन्छिन्, ‘मेरी छोरीको सानैदेखिको सपना हो पोर्नस्टार बन्ने । छोरीको सपना साकार बनाउन एउटी आमाले जे त्याग पनि गर्न सक्छे र म गर्छु ।’
सुनिताकी पोर्नस्टार बन्न लालायित १७ वर्षीया छोरी अर्चना भर्खर १० कक्षाकी विद्यार्थी हुन् । निर्दोष अनुहारकी यी किशोरीमा कसरी पोर्नस्टार बन्ने भूत सवार भयो ? नबुझेर हो ? कि चर्चामा आउनका लागि प्रपोगण्डा गरेका हुन् यी आमाछोरीले ?
होइन । अर्चनाले जानेबुझेरै यो सपना पालेकी हुन् । ‘पोर्नस्टार सपना’ मा आमाछोरी दुवै अति सिरियस छन् । आमा सुनिता यसरी गफ गर्छिन् कि मानौं छोरीलाई उनले समाजसेवामा लगाउन खोजेकी छिन् , तर यसमा प्रहरीले रोकावट गरेको छ ।
सन्नी लियोनीको नग्न फोटो र फिल्महरु हेरेर आफूले प्रेरणा लिएको अर्चना बताउँछिन् । ‘मलाई सानैदेखि न्यूड फोटो खिच्न इन्ट्रेस्ट थियो,’ उनले अनलाइनखबरसित टेलीफोनमा भनिन्, ‘मम्मी र ड्याडीले मलाई बाटो देखाउने काम गर्नुभयो ।’
एक वर्ष अघिदेखि आफूले बाबुआमाको सहयोगमा न्यूड फोटोसुट गर्न थालेको अर्चनाले बताइन् । दुई साताअघि उनले फेसबुक पेज खोलेर आफ्ना केही ‘सेमी न्यूड’ फोटोहरु पोष्ट गरेकी थिइन् ।
ती मध्ये एउटा तस्बिरमा उनी सर्वांग नग्न छिन् र गोप्य अंगहरुलाई फुलको थुंगाले छोपिएको छ । एउटा टपलेस फोटोमा वक्षस्थललाई हत्केलाले छोप्ने प्रयास गरेकी छिन् । ‘सबै फोटोहरु घरमा नै खिचेका हौं,’ अर्चनाले अनलाइनखबरसँग भनिन्, ‘मम्मीले यी फोटो खिचिदिनुभएको हो, ड्याडी पनि सँगै हुनुहुन्थ्यो ।’