भाद्र २५, २०७२- शुक्रबार बिहान महोत्तरीको जलेश्वरमा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका सशस्त्र प्रहरीका असइ थमनबहादुर विकको उपचार लागि लैजादै गर्दा बाटोमै हत्या भएको छ ।
जलेश्वरमा आज बिहान प्रदर्शनकारीको कुटाइबाट घाइते भएका विकको थप उपचारको लागि जनकपुर अस्पताल लैजाँदै गर्दा बाटोमा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको सशस्त्र प्रहरी निरीक्षक धर्म थापाले बताए ।
जलेश्वर अस्पतालबाट जनकपुर अस्पतालमा लैजाँदै गर्दा जनकपुर-जलेश्वर सडकखण्ड अन्तर्गत महोत्तरी गाविस नजिक पर्ने भगवानपुरमा विकलाई एम्बुलेन्सबाट झिकेर प्रदर्शनकारीले भाटाले हानेर हत्या गरिएको थापाले बताए ।
जलेश्वर अस्पतालको एम्बुलेन्सबाट जनकपुर अस्पतालमा विकलाई एम्बुलेन्समा लगेको खबर पाएपछि प्रदर्शनकारीले बाटोमा कुरेर एम्बुलेन्स कब्जामा लिएका थिए । उनीहरुले विकलाई एम्बुलेन्सबाट झिकेर सडकबाट ३ सय मिटर पर धान खेतमा लागेर भाटाले हानेर हत्या गरेको थापाले घटनास्थलबाट जानकारी दिएका छन् । उनका अनुसार प्रदर्शनकारीले एम्बुलेन्स समेत जलाएका छन् । विकको शव वरपर भाटा र वियरको बोत्तल फेला परेको पनि उनले बताए ।
विकसँगै गएका सादा पोशाकका कुरुवा र एम्बुलेन्स चालक सम्पर्कबिहीन छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्