×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डनहरु भागेपछि सुस्तायो दरबारमार्गको व्यापार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

डनहरु भागेपछि सुस्तायो दरबारमार्गको व्यापार

Artha Sarokar

२५ भाद्र २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमान्डौं  – गएको भदौ ३ गते चर्चित डन कुमार घैँटे मारिएपछि उपत्यकामा डर, त्रास र धम्कीको आधारमा कमाई गरिरहेका डनहरुको भागाभाग भएको छ । घैटेको प्रहरी इन्काउण्टरपछि आफूहरुको पनि पालो आउनसक्ने डरले पासपोर्ट हुने डनहरु अहिले थाइलैण्ड लगायतका विभिन्न मुलुक छिरे भने पासपोर्ट नहुनेहरु रातारात भारत पसे ।

उपत्यकामा आपराधिक राज चलाइरहेका डनहरु भागेपछि धेरै उनीहरुको हप्ता असुली, ठेक्कामा कमिसन, मिटरब्याजबाट आजित धेरैलाई हाईसञ्चो भएको छ । तर डन नै प्रमुख ग्राहक बन्ने गरेका काठमाडांैका दरबारमार्गका व्यापरीलाई भने पर्नुपिर परेको छ । किनक, डनहरुमै आश्रित व्यापार चलाइरहेका दरबारमार्गका ब्राण्डेड सामान व्यापरीको ब्यवसाय चौपट भएको छ ।

डनहरु प्रायः ब्राण्डेड कपडा तथा जुत्तालगायतका सामान प्रयोग गर्छन् । धेरै ठाउँमा धम्कीका आधारमा रकम र कमिसन लिने गर्छन्, तर तरबारमार्गमा भने सामान किनेर लिने गरेको व्यापारीहरु बताउँछन् । ‘आफूले काम गरिदिएका नेताहरु वा ठेकेदारलाई समाएर दरबारमार्गमा सामान किनिहाल्न लगाउँथे ’ एक व्यापारीले भने ‘तर अहिले व्यापार शून्य छ, सायद उपत्यकाबाट डनहरु भागेर नै होला ।’ डनहरुले प्रायः एडीड्यास, नाईक, रिमोक्स, पुमा, जारा लगायतका ब्राण्डेड बस्त्र र जुत्ता प्रयोग गर्र्ने गर्दछन् । अन्य सामान पनि ब्राण्डेड नै प्रयोग गर्छन । ती सामानको व्यापार गर्ने दरबारमार्गका व्यापारी अहिले एकाएक व्यापार घटेको बताउँछन् । ‘पहिला पहिला दिनमा ४÷५ वटासम्म आइफोन बिक्री हुने गथ्र्यो’ एक मोबाईल पसलेले भने ‘तर अहिले भने एकदम कम भएको छ ।’ आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी