
पर्वत, २५ भदौ ।
सदरमुकाम कुस्माबजारको एक चर्चभित्र एक महिनाअघि बालिकाको मृत्यु भएपछि प्रहरीनियन्त्रणमा रहेकी चर्च सञ्चालक पुर्पक्षका लागि थुनामा परेकी छिन् ।
पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश मोहनचन्द्र भट्टराईको एकल इजलासले चर्च सञ्चालक लक्ष्मी गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
परमेश्वरले रोग निको पार्ने भन्दै गुरुङले बिरामी बालिका एस्तर नेपालीकी आमा बसन्तीलाई २५ साउनमा धर्म प्रचारमा पठाएकी थिइन् । वसन्ती बाहिर गएका वेला चर्चमा राखिएकी बालिका एस्तरको मृत्यु भएको थियो । चर्चमा गुरुङले बालिकालाई श्वासप्रश्वास नै बन्द हुने गरी मुखमा पानीको बोतल राखिदिएको प्रहरीले सरकारी वकिल कार्यालयमार्फत अदालतमा बुझाएको जाहेरीमा उल्लेख छ ।
नियमित रूपमा चर्चमा पुग्ने बालिकाका बाबु शंकर र आमा वसन्तीले छोरीको मृत्यु भएको विषयमा बेवास्ता गरेका थिए । तर, बालिकाका काका शालिकराम नेपालीले चर्चकै लापरबाहीले मृत्यु भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।‘प्रहरीले २८ साउनमा गुरुङलाई पक्राउ गरेको थियो । ‘अस्पताल पुर्याएको भए भतिजीको ज्यान जाने थिएन,’ बालिकाका काका शालिकरामले भने, ‘परमेश्वरको नाममा लापरबाहीले नै ज्यान गएको हो ।’
चर्चमा राख्दा बालिकाको अवस्था निकै गम्भीर भएपछि जिल्ला अस्पताल पर्वत पुर्याइएको थियो । जिल्ला अस्पताल पुर्याउनासाथ चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए । बालिकाकी आमा सोही चर्चमा कार्यरत छिन् । बाबु साप्ताहिक रूपमा चर्चमा जाने गरेका थिए । बालिकाका काकासहित अन्य आफन्तले चर्चमा बालिकाको हत्या भएको भन्दै दोषीलाई कारबाही माग गर्दै प्रदर्शनसमेत गरेका थिए ।
तेह्रथुम जिल्ला सुदाप–४ घर भएकी चर्च सञ्चालक लक्ष्मीले केही वर्षदेखि कुस्मामा विश्वास मण्डली चर्च सञ्चालन गरेर धर्मको प्रचार गर्दै आएकी थिइन् ।
चर्चमा यसअघि पनि परमेश्वरले रोग निको पार्ने भन्दै बिरामी महिला आउने गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्