
एकजना पुरुष प्रहरीमाथि कुटपिट गरेको आरोपमा मलेसियाको पेनाङबाट १८ जना नेपाली पक्राउ परेका छन् । गत आइतबार बेलुका बुकित तेङ्गाहमा रहेको कुखुरा दाना प्रशोधन हुने कारखाना परिसरमा ती प्रहरीमाथि कुटपिट भएको आरोपमा पक्राउ परेका उनीहरु रिहा भए वा नभएकोबारे कुनै जानकारी पाइएको छैन । घटना के कारणले भयो, भन्नेसमेत उल्लेख गरिएको छैन ।
खोसिम हत नाम गरेका ५६ वर्षीय प्रहरीमाथि भएको कुटपिट घटनापछि ती नेपालीहरुसहित चार भियतनामी महिला र एक इण्डोनेसियाली नागरिकसमेत पक्राउ परेका स्थानीय समाचार संस्था बर्नामाले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ । कुटपिटपछि ती प्रहरी अर्धचेत अवस्थामा भेटिएका र उनलाई सहकर्मीहरुले उद्धार गरि अस्पताल पुऱ्याएका उल्लेख गरिएको छ । उनको टाउको र शरिरमा गम्भीर चोट लागेको छ । करङसमेत भाँचिएको र टाउको अगाडि भागमा पाँच टाँका लगाइएको छ ।
गत साता बुधबार मलक्काको तामन तासिक उतमा अपार्टमेन्टमा चक्कु देखाएर प्रहरीलाई चेतावनी दिने अर्का एक नेपाली युवालाई समेत प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले घटनाहरुको अनुसन्धान भइरहेको जनाएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्