
अफ्रिकाको सहेल रेगिस्तानमा बस्ने बोदाब्बे नामको एउटा जनजाति अनौठो जात्रा मनाउँछ । हरेक वर्ष आयोजना हुने गेरवोल जात्राका क्रममा त्यहाँका पुरुष खुबै श्रृंगारपटार गर्छन् र महिलालाई रिझाउँछन् । उनीहरूको लक्ष्य खासगरी विवाहित महिला हुन्छन् ।
पुरुषहरू महिलाको मन जित्न अनेकौँ हर्कत पनि गर्छन् । यो जनजातिका पुरुष हरेक समय आफूसँग ऐना बोकेर हिँड्ने गर्छन् पनि भनिन्छ ।
जात्रामा आफ्ना पतिलाई छलेर विवाहित महिला श्रृंगार गरी आएका पुरुषलाई हेर्छन् र मन पर्यो भने उनीहरूसँग भाग्छन् । यदि कुनै विवाहिता महिला पुरुषसँग भाग्न सफल भएमा उक्त समुदायका मानिस उनीहरूबीच विवाह गरिदिन्छन् ।
यो जनजाति सहेल रेगिस्तानका अलावा अफ्रिकाका देशहरू नाइजर, क्यामरुन, सेन्ट्रल अफ्रिकन रिजन र नाइजेरियामा पनि पाइन्छन् । जात्राका क्रममा नाचगानको पनि व्यवस्था हुन्छ । अरू वेलामा छरिएर बस्ने यो जनजाति जात्राको क्रममा एकजुट हुन्छ । उनीहरू जात्राको कार्यक्रम सकेसम्म गोप्य राख्छन् । जात्राका क्रममा एउटा विशेष नाच पनि हुन्छन् जसमा पुरुष नाच्छन् र तीन महिला निर्णायक उनीहरूको एकल प्रदर्शनको मूल्यांकन गर्छन् । एजेन्सी –
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्