
एक नेपालीका अनुसार पारसको मुद्दा हेर्दै आएका थाई वकिल साक्छाइलाई पारसले पुनः कन्निकाको मुद्दा मिलाइदिन आग्रह गरेर फोन गरेका थिए। थाई वकिल साक्छाइले भने अघिल्लोपटक आफूले पाउनुपर्ने पारिश्रमिकसमेत नदिएको कुरा उठाएका थिए। थाइल्यान्डमा जान आजीवन प्रतिबन्ध लागेपछि उनका सहयोगीहरूले लाओस पुर्याएको आशंका गरिएको छ।
नेपाल आएपछि लागूऔषधको कुलतबाट मुक्ति पाएका पारसलाई फेरि सोही कुलतमा फसाउने र थाई प्रेमिका कन्निकालाई सँगै राख्ने योजनामुताविक लाओस पुर्याइएको हुन सक्ने आशंका यहाँका नेपालीले गरेका छन्। तीन दिनअघि पक्राउ परेकी थाई प्रेमिकालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेपछि थाई वकिलले जमानत दिने तयारी गरेको बताइएको छ। नेपाल समाचारपत्र