×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिनको डेढ लाख कमाउने लोक गायक राजु परियार कहाँ छन् ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दिनको डेढ लाख कमाउने लोक गायक राजु परियार कहाँ छन् ?

Artha Sarokar

२४ भाद्र २०७२, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । एक समय थियो, लोक दोहोरी भन्नासाथ राजु परियारको नाम आउँथ्यो । लोक दोहोरी रेष्टुरेन्ट हुन्, राजमार्गमा कुद्ने गाडी हुन् वा एफएम रेडियो, राजु परियारको स्वरको जादु चलेको थियो ।

‘गर्नु गर्‍यौ बलराम’ जस्ता केही गीतले उनलाई सफलताको शिखरमा पुर्‍याएका थिए । एकै दिनमा १३ वटा गीतसम्म उनले रेकर्ड गरे । ‘एकै दिनमा गीत गाएर डेढ लाखसम्म कमाएको छु,’ उनी सम्झिन्छन् । तर, अहिले खोई राजु परियार ?

हालैको एक दिन लमजुङ सदरमुकाममा आयोजित कार्यक्रममा राजु परियारलाई देखिए । उनका प्रशंसकले समेत उनलाई हो कि होइन ठम्याउन सकेनन् । ५ वर्ष भयो राजुको नयाँ गीत र समाचार नसुनिएको । निकै दुब्लो भएका राजुको अनुहार पनि कालो पोतोले ढाकेकाले धेरैले चिनेनन् ।

लमजुङ जिविसले गरेको सम्मान कार्यक्रममा उनको नाम लिएर बोलाइएपछि बल्ल मानिसहरुले ठम्याए । जिविसको सम्मान थापेपछि उनले कान्तिपुरसँग आफ्नो जीवनबारे कुराकानी गरे । कुराकानीमा केही व्यक्तिगत र पारिवारिक समस्याले गर्दा आफू पछि परेको बताए पनि उनी त्यसमा खुलेर बोल्न भने चाहेनन् । उनले आफ्नो अवस्था यसरी सुनाए :

‘मैले गाई त पालें तर दुख खान जानिनँ । म सफलताको शिखरमा पुगेको थिएँ । दिनमा १०–१२ वटा गीत रेकर्ड गराउँथे । दोहोरी गीत भन्नासाथ मेरो नाम आउँथ्यो । एकै दिनमा डेढ लाख रुपैयाँसम्म मैले कमाएँ । तर, जोगाउन सकिनँ । अहिले सुकुम्बासी जस्तो भएको छु । मेरो कुनै ब्यांक ब्यालेन्स छैन, एक पैसाको जग्गा पनि छैन ।

मैले आफूलाई ‘मेन्टेन’ गर्न सकिनँ । पारिवारिक समस्यामा फँसें । पिटाई खाने, पुलिस कस्टडीमा पर्नेसम्म स्थिति आयो । अनि म विदेश गएँ । यता बस्न सक्ने अवस्था थिएन ।

अहिले फर्केर आएको छु । अब मैले चेतेको छु । आफ्नो सफलतालाई पनि चिनेको छु । अब म पहिले जस्तो गर्दिनँ । पहिला कतिजनालाई दिनभरी स्टुडियोमा कुराएर आफू अन्तै पुग्थें । कतिका गीत भनेको समयमा गाइदिइनँ । मान्छेहरुलाई मलाई गीत गवाउन कति समय कुर्थे । मैले मोबाइल नम्बर र डेरा पनि निकै फेरें, त्यसले गर्दा पनि कतिले दुख पाए ।

अहिले म ती दिन सम्झिइरहेको छु । यो ५ वर्षको ग्यापले गर्दा मेरो सम्पर्क टुटेको छ । मेरो ठाउँमा अरु नै गायकहरु आएका छन् । मेरो पहिलेको व्यवहारले गर्दा पनि कतिजनालाई मसँग काम गर्न असजिलो होला । तर, म सुध्रिएको छु । म पहिलेजस्तो छैन ।

कमाएको कुरा जोगाउन र लगानी गर्न सकिएन भने सिद्धिन समय लाग्दैन रैछ । मैले जोगाउन जानिनँ ।
यो ५ बर्ष मैले पारिवारिक ‘टेन्सन’ का कारण गुमनाम बस्नुपर्‍यो । अहिले त्यो समाप्त भएको छ । अब म नयाँ जीवन लिएर आएको छु । हिजोको राजु परियारलाई दिएको ताली मलाई फेरि दिनुहोला । म बाँचुञ्जेल गीत गाइरहने छु ।

यसपालि पनि मैले तीजका केही गीत गाएको छु । दसैंपछि मेरो नयाँ एल्बम आउने छ ।
लमजुङको गाउँसहर चिसापानीको स्कुल पढ्दैदेखि म गीत गाउँथें । २०५६ देखि गीत रेकर्ड हुन थाले । अहिलेसम्म ११ हजारजति गीत गाए हुँला ।

नेपालमा सबैभन्दा बढी गीत गाउने गायक मै हुँ । अहिले हेर्दा लाग्छ, पहिले धेरै गीत गाएछु । अब राम्रा गीत बढी गाउनेछु । कलाकारको सबैचिज भनेकै हो । अब म स्रोता गुमाउन चाहन्नँ ।

आश गुरुङ

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी