×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल प्रहरीका असईले पाटन अस्पतालका दुई डाक्टर कुटे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल प्रहरीका असईले पाटन अस्पतालका दुई डाक्टर कुटे

Artha Sarokar

२४ भाद्र २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं, २४ भदौ । डिस्चार्ज भएका आफ्ना विरामीलाई अस्पतालले नै एम्बुलेन्सको ब्यवस्था गर्ने पर्ने भन्दै नेपाल प्रहरीका असईले  पाटन अस्पतालका दुई डाक्टरमाथी कुटिए गरेका छन् ।  वालुवाटार सामुदायिक प्रहरीमा कार्यरत  नेपाल प्रहरीका असई विजय सिलवालले पाटन अस्पतालका डाक्टर विमल पाण्डे र संचित कार्कीमाथि कुटपिट गरेको अस्पताल प्रशासनले जनाएको छ ।

असई सिलवालका एक आफन्त जण्डिसको उपचार गर्न पाटन अस्पताल भर्ना भएका थिए । त्यहाँबाट असई सिलवालले नै रिफर गर्न अस्पताललाई आग्रह गरेका थिए । तर अस्पतालले एम्बुलेन्स उपलब्ध गराउन नसक्ने बताएपछि बर्दीमै रहेका असई सिलवालले डाक्टरमाथी कुटपिट गरेका थिए । ‘एम्बुलेन्स खोज्ने काम हाम्रो होइन, तिमीहरुको हो’ भन्दै उनले डाक्टरमाथी कुटपिट गरेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले विरामीका लागि एम्बुलेन्स ब्यवस्था गर्न नसक्ने जनाएपछि असई सिलवाल सरासर डाक्टरको कार्यकक्षमा पसेका थिए । ‘उनले पहिले आफ्नो बर्दि खोले, त्यसपछि डाक्टरमाथी कुटपिट सुरु गरे’ अस्पताल स्रोतले बताएको छ ।
डाक्टर कुटपिट गर्ने असई सिलवाल ललितपुरलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । उनीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अस्पतालका डाक्टर कर्मचारी काम छोडेर आन्दोलनमा उत्रेका छन् । डाक्टर कर्मचारीले असई सिलवाललाई कारवाही गर्न माग गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी