सडकको ठेक्का कमिसन विवादमा दुई समूहबीचको झगडामा साजन गुरुङ समूहले पहलमान तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
२४ माघ ०७० मा गुरुङसहितका व्यक्तिले तामाङको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । गुरुङ फरार थिए । नुवाकोटको सामरी घर भएका तामाङको धादिङको सेमजोम गाविसमा हत्या भएको थियो । धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको थियो ।
हत्यामा संलग्न राजकुमार तामाङलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । मध्यपहाडी राजमार्गअन्तर्गत नुवाकोट–पोखरा सडकखण्डको २७ करोड रुपैयाँको ठेक्का ठेकेदार टंकबहादुर गजुरेलले पाएका थिए । तामाङको समूहले गजुरेललाई सहयोग गरेको थियो ।
तर, राज तामाङ तथा साजन गुरुङको समूहले २० लाख रुपैयाँ मागेको थियो । सोही विषयमा काठमाडौंमा पनि उनीहरूबीच झगडा भएको थियो । हत्या भएको केही दिनअघि मात्र तामाङ धादिङ गएका थिए । आफूमाथि आक्रमण हुने सूचना पाएपछि उनी धादिङबेसीबाट सेमजोममा गएका थिए । त्यहीँ पुगेर गुरुङको समूहले धारिलो हतियारले छातीमा रोपेर तामाङको हत्या गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्