×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठेक्काको कमिसन विवादमा हत्या

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ठेक्काको कमिसन विवादमा हत्या

Artha Sarokar

२४ भाद्र २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 सडकको ठेक्का कमिसन विवादमा दुई समूहबीचको झगडामा साजन गुरुङ समूहले पहलमान तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

२४ माघ ०७० मा गुरुङसहितका व्यक्तिले तामाङको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । गुरुङ फरार थिए । नुवाकोटको सामरी घर भएका तामाङको धादिङको सेमजोम गाविसमा हत्या भएको थियो । धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको थियो ।

हत्यामा संलग्न राजकुमार तामाङलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । मध्यपहाडी राजमार्गअन्तर्गत नुवाकोट–पोखरा सडकखण्डको २७ करोड रुपैयाँको ठेक्का ठेकेदार टंकबहादुर गजुरेलले पाएका थिए । तामाङको समूहले गजुरेललाई सहयोग गरेको थियो ।

तर, राज तामाङ तथा साजन गुरुङको समूहले २० लाख रुपैयाँ मागेको थियो । सोही विषयमा काठमाडौंमा पनि उनीहरूबीच झगडा भएको थियो । हत्या भएको केही दिनअघि मात्र तामाङ धादिङ गएका थिए । आफूमाथि आक्रमण हुने सूचना पाएपछि उनी धादिङबेसीबाट सेमजोममा गएका थिए । त्यहीँ पुगेर गुरुङको समूहले धारिलो हतियारले छातीमा रोपेर तामाङको हत्या गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी