×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘छोराले दुख पाउँछ भनेर बिहे नगरेको हुँ’ भन्थे चन्द्र बहादुर डाँगी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘छोराले दुख पाउँछ भनेर बिहे नगरेको हुँ’ भन्थे चन्द्र बहादुर डाँगी

Artha Sarokar

२४ भाद्र २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ, भदौ २३ । विश्वकै होचो मान्छेको परिचय बनाएका चन्द्र बहादुर डाँगीको शव अझै अमेरीकामा नै अलपत्र अवस्थामा छ । नेपालबाट कुटनीतिक पहल हुन नसक्दा र आयोजकसँग गरिएको सम्झौता पनि पारशव नेपाल ल्याउन समय लागेको हो ।

डाँगी ५ महिना अघि म्याजिक सर्कस अफ सामोआका रिङमास्टर तुपाई बु्रनोको निमन्त्रणामा ६ महिनाका लागि अमेरीका गएका थिए । ६ महिने बसाइका क्रममा मात्रै उनले २० हजार डलरमा सम्झौता गरेका थिए ।

५ महिनाको पारिश्रमिक लिइसकेका उनले अन्तिम महिनाको पारिश्रमिक लिन नपाउँदै यो संसार छाडेर गए । छोटो समयमा नै संसारभर परिचित बनेका डांगीले इटली, अष्ट्रेलिया, जापान, मलेशिया, यूके, रोमानिया, फिजी र अमेरिका लगायतका देशको भ्रमण गसिकेका थिए ।

७३ वर्षमा दौडीरहेका डाँगी अविबाहित थिए । किने बिहे नगरेको भन्ने प्रश्नमा उनले आफू होचो भएको र बच्चा पनि आफु जस्तै होचो हुने र उसले दुख पाउने भएकाले नगरेको भन्ने गर्थे । डेढ दर्जन परिवारका एक्का अविभावक डाँगीको निधनसँगै उक्त परिवारको आयस्रोतको बाटो समेत मेटीएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी