
विराटनगर, भदौ २३ । कैलालीकै घटनालाई झजल्को दिने खालको घटना बुधबार विराटनगरमा पनि घट्यो । लामो समयदेखि आन्दोलनरत संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले विराटनगरस्थित रानी भन्सार कार्यालय परिसरमा पाँच जना प्रहरीलाई पेट्रोल छर्केर जलाउने प्रयास गरेपछि विराटनगर तनावग्रस्त बन्यो ।
आन्दोलनकारीले हद नागेर अमानवीय कार्य मात्रै गरेनन् उनीहरुले प्रहरी बिट तोडफोड र आगजनी प्रयास समेत गरे । जहाँ २ जना मात्रै प्रहरी भएको र उनले २ जनालाई पेट्रोल छर्किसकेको डिएसपी प्रमोद खरेलले जानकारी दिए । खरेलले भने सशस्त्र प्रहरीले तत्कालै फायर खोल्न भ्यायो नत्र हाम्रा ५ जना राष्ट्र सेवक आज पनी मारिन्थे ।
पेट्रोल सहित प्रहरी चौकी भित्र छिरेका उनीहरको प्रहरीलाई जलाएरै मार्ने तयारी रहेको खरेलले बताए । खरेलका अनुसार स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एसएलआरबाट १० राउण्ड फायर खोलेको थियो।
नेपाल प्रहरीले सर्ट गनबाट पाँच राउण्ड र राईफलबाट एक राउण्ड प्रहार गर्यो। अहिले विराटनगरको वातावरण तनावग्रस्त छ । घाइतेको एकिन विबरण आइसकेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्