
महोत्तरी २३ भदौ । महोत्तरीको जलेश्वरमा प्रदर्शनकारीले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले चलाएको गोली लागेर चार जनाको ज्यान गएको छ । मृतकहरुको सनाखत भइसकेको छैन् ।
हिंसात्मक प्रदर्शन भएपछि स्थितिलाई नियन्त्रणमा लिन कयौं राउन्ड गोली र अश्रुग्याँस प्रहार गर्दा सात जना घाइते भएका छन् । स्थिति निकै तनावपूर्ण अवस्था रहेको छ ।
सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिहरेको छ भने प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुङ्गमुढा गरेका छन् ।
स्थिति निकै तनावपूर्ण भएपछि स्थानीय प्रशासनले जलेश्वरमा निषेधाज्ञ जारी गरेको छ ।