
बिराटनगर : मधेसी मोर्चाका कार्यकर्ताले बिराटनगर भन्सार कार्यालय सुरक्षार्थ खटिएका प्रहरीलाई जिउँदै जलाउन खोजेपछि झडप भएको छ ।
सीमार्ती भन्सार कार्यालय नजिकै रहेको प्रहरी बिट जलाउन गएका मधेसी मोर्चा कार्यकर्ताले ड्युटीमा रहेका तीनजना प्रहरीलाई समेत पेट्रोल खन्याएर जिउँदै जलाउन खोजेका थिए ।
आफूहरुमाथि प्रहरीमाथि आक्रमण भएपछि भन्सार कार्यालय सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र जनपथ प्रहरीले हवाई फायर गरेका छन् ।
उग्र प्रदर्शन गरेका मोर्चाका कार्यकर्ताले हानेको ढुंगाले लागेर ३ जना प्रहरी घाइते भएका छन् । झडपका क्रममा सशस्त्रले १० र जनपथ प्रहरीले १ राउन्ड हवाई फायर गरिएको बिराटनगर भन्सार कार्यालय सरक्षार्थ खटिएका इन्स्पेक्टर गंगाप्रसाद पौडेलले जानकारी दिए ।
अराजक शैलीमा प्रस्तुत भएका मधेसी मोर्चाका कार्यकर्ताले भन्सार कार्यालय नजिक रहेका मानब बेचबिखनविरुद्ध सक्रिय माइती नेपाल र केआई नेपालको कार्यालय पनि तोडफोड गरेका छन् ।
ती कार्यालय तोडफोड गरी बोर्ड समेत निकालेर फ्यालिएको हो । झडपछि अहिले बिराटनगर भन्सारक्षेत्र तनावग्रस्त छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्